बिहिबार ८०० ले घट्याे सुनकाे मूल्य, कतिमा हुँदैछ काराेबार ?

  २०७७ माघ १ गते ११:२१     विकासन्युज

काठमाडाैं । बिहिबार सुनकाे मूल्य घटेकाे छ । लगतार उकालाे लागिरहेकाे सुनकाे मूल्य बिहिबार ८०० रुपैयाँले घटेकाे हाे । बुधबार प्रतितोला ९२ हजार ९ सय रुपैयाँमा काेराेबार भएकाे सुन बिहिबार ताेलाकाे ९२ हजार १ सय रुपैयाँ पुगेकाे हाे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य घट्दा तेजाबी सुनको मूल्य पनि घटेकाे छ । बुधबार ९२ हजार ४ सय रुपैयाँमा कारोबार भएकाे तेजाबी प्रतितोला ८ सयले घटेर ९१ हजार ६ सय रुपैयाँ पुगेकाे छ ।

महासंघका अनुसार आज चाँदीको मूल्य भने १५ रुपैंयाले घटेर १२४५ रुपैयाँ पुगेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.