प्रोग्रेशिभ फाइनान्सको २४औं वार्षिक साधारणसभा सम्पन्न

  २०७७ माघ १ गते ११:०२     विकासन्युज

काठमाडौं । प्रोग्रेशिभ फाइनान्सले बुधबार चौबिसौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष किशोरकुमार महर्जनको अध्यक्षतामा साधारण सभा सम्पन्न भएको हो ।

सभाले आर्थिक वर्ष २०७६/७७वित्तीय अवस्थाको विवरण, वासलात, नाफा/नोक्सान विवरण, नगद प्रवाह विवरण, इक्विटीमा भएको परिवर्तन सम्बन्धी विवरणका साथै सम्पूर्ण अनूसूचीहरु सहितको वित्तीय विवरणहरु छलफल पश्चात पारित गरेको संस्थाका प्रमुख कार्यकारी अधिकृत विशाल हुमागाँईले बताए ।

सभामा संस्थाका अध्यक्ष किशोरकुमार महर्जनले संचालक समितिका तर्फबाट प्रतिवेदन पेश गर्दै संस्थाले आर्थिक वर्ष २०७६/७७मा गरेका कार्यक्रम तथा गतिविधिहरु बारे प्रकाश पारेका थिए । साधारण सभामा वार्षिक प्रतिवेदनका सम्बन्धमा उठेका प्रश्न एवं जिज्ञाशाहरुको जवाफ दिँदै अध्यक्ष महर्जनले संस्था अपेक्षित रुपले प्रगति पथमा लम्किरहेको जानकारी गराए ।

साधारण सभाले आर्थिक वर्ष २०७७।७८का निम्ति बाह्य लेखापरीक्षकका रुपमा एस. पाण्डे एण्ड एशोसिएट्स, चार्टर्ड एकाउन्टेन्टस्लाई नियुक्ति गर्ने प्रस्ताव पारित गरेको छ । साथै, संस्थाको साधारण सभाले मर्जर तथा एक्वीजिशनका निम्ति बैंक तथा वित्तीय संस्थाहरुबाट उपयुक्त प्रस्ताव प्राप्त भएमा सो सम्बन्धी सम्पूर्ण प्रकृया पुरा गर्ने अख्तियारी सञ्चालक समितिलाई दिने निर्णय समेत गरेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.