मोबाइलमा माघीः युटुब हेरेर परिकार बनाउन सिक्दै

  २०७७ माघ १ गते ११:०१     विकासन्युज

काठमाडौं । माघे संक्रान्ती गरेर थारु जातीको विशेष पर्वका रुपमा चिनिन्छ । थारुहरुका लागि माघे संक्रान्ती नयाँ वर्षका रुपले पनि चिनिन्छ । आजको दिनमा थारुहरुले मिठो–मिठो खाने परिकार पकाएर र नाचगान गरेर मनाउने गर्दछन् ।

माघी चाडको मुख्य विशेषता भनेको घुँगी हो । तर, अहिले माघी र माघीमा पकाइने परिकारको पहिचान बदलिएको छ । अहिले नयाँ पुस्ताले आफ्नो संस्कार संस्कृति अपनाउनको लागि विभिन्न विकल्पहरु अवलम्बन गरिहरेका छन् ।

अहिले नयाँ पुस्ताले सामाजिक सञ्जाल युटुब लगायतका सामाजिक सञ्जाल प्रयोग गरेर विभिन्न परिकारहरु बनाउन सिकिरहेका हुन्छन् । काठमाडौंकी संगिता लामा विगत २ वर्षदेखि काठमाडौंको टुँडिखेलमा हुने माघी महोत्सवमा घुँगी बनाउँछिन् ।

यूट्यूबमा हेरेर विगत २ वर्षदेखि माघी महोत्सवमा थारु परिकार बनाएर विक्री गर्दै आएको तामाङले बताइन् । ‘थारु परिकार बनाउन मन लाग्यो, यूटुवमा हेरेर सिकेँ, २ वर्षदेखि टुडिखेलको माघी मेलामा व्यापार गर्दै थारु परिकार बनाएर बेच्दैछु, यी खाने कुराहरुको विशेषता के हो भन्ने मलाई थाहा छैन,’ तामाङले भनिन् ।

माघी पर्वमा घुँगी र ढिकुरी अनिवार्य खानु पर्छ भन्ने प्रचलन छ । यही बेलामा बढी मात्रामा बिक्री हुने घुँगी थारु समुदायको प्रमुख परिकारभित्र पर्छ ।

माघी पर्वमा विशेषता

माघी पर्वको तयारी एक महिनादेखि सुरु हुन्छ । जसमा खानाका परिकारहरु पकाउनका लागि दाउरा अनदीको चामलको गुलियो जाँड, वनबाट मालु र सालको दुनारटपरी, तोरी पेल्ने जस्ता प्रमुख तयारी हुन् ।

माघीमा ढिकुरी र घुँगी अनिवार्य परिकार हो । यो खानै पर्छ । र, आफ्नो गच्छेअनुसार नयाँ वर्षका लागि नयाँ कपडा लगाउनै पर्ने चलन थारु समाजमा कायमै छ । यो पर्वलाई लक्षित गरि माछाबाट बन्ने विभिन्न परिकार बनाइन्छ । पुस महिनाको अन्तिम दिन थारु समुदायले ‘जिता मर्ना दिन’ को रुपमा लिने गर्छन् ।

नाच, गान तथा खानपिनलाई लक्षित गर्ने माघीको प्रमुख विशेषता यो पर्वको छ । माघीमा घाग्रामा, चन्नहार, हौसली, मन्टिका, पाउजु, कल्ली र वेल्ड जस्ता परम्पारगत पहिरनमा थारु महिला सजिएका हुन्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.