साधना लघुवित्तको १८.९५ प्रतिशत लाभांश पारित, सञ्चालकमा २ जना निर्वाचित

  २०७७ माघ १ गते १०:२२     विकासन्युज

काठमाडाैं । साधना लघुवित्त वित्तीय संस्थाकाे प्रस्तावित १८.९५ प्रतिशत लाभांश पारित भएको छ । पुस २९ गते सम्पन्न संस्थाकाे चाैथाे वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो ।

सभाले पारित गरेसँगै सेयरधनीले गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजी १८ प्रतिशत बोनस सेयर र  ०.९४७३ प्रतिशत नगद गरी १८.९५ प्रतिशत लाभांश पाउने भएका छन् ।

संस्थाको सञ्चालक समितीका अध्यक्ष कृष्ण बहादुर थापाको अध्यक्षतामा होटल गोरखा बिसौनीमा सम्पन्न भएको सभाले सर्वसाधरण समुहबाट पुष्पा कुमारी घिमिरे तथा दिनेश अर्याललाई सञ्चालकको रुपमा सर्बसम्मत निर्वाचित गरेकाे छ । साथै, सभाले आर्थिक वर्ष २०७७/०७८ को बाह्य लेखा परिक्षण कार्यका लागी लेखापरिक्षक एस.डि एण्ड एसोसिएट्स, चार्टड एकाउन्टेन्ट्सलाई नियुक्त गर्ने प्रस्ताव समेत पारित गरेको छ साथै साधारण सभाले मर्जर/प्राप्तीको लागि संचालक समितिलाई अख्तियारी दिएको छ ।

सभामा संस्थाका प्रमुख कार्यकारी अधिकृत रेशम न्यौपानेले नोबेल कोरोना भाईरसका कारण वित्तीय कार्यक्रम सञ्चालनमा असहज भएतापनि लगानीकर्ताहरुलाई राम्रो प्रतिफल दिन सफल भएको र आगामी दिनमा समेत लगानीकर्तालाई उत्कृष्ठ प्रतिफल दिनको लागी पर्ने बताए ।

हाल संस्थाको ७० वटा शाखा कार्यालयहरुमार्फत करिब ६० हजार घरपरिवारलाई प्रत्यक्ष वित्तीय सेवा प्रवाह गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.