महिन्द्रा उत्सवकाे तीन विजेताका नाम घोषणा

  २०७७ माघ १ गते १०:१२     विकासन्युज

काठमाडौं । नेपालका लागि महिन्द्रा अटोमोबाइल र ट्रयाक्टरहरूको अधिकृत वितरक अग्नि इन्कर्पोरेटेडद्धारा संचालित ‘महिन्द्रा उत्सव’ को ३ भाग्यशाली विजेता घोषणा भएका छन् । नेपाल राष्ट्रिय टिमका पुर्व कप्तान पारस खड्काले लक्की ड्र मार्फत विजेता छानेका हुन् ।

विजेता हुनेमा धनकुटाका योगराज राई, नेपालगंजका निरन्जन चौधरी र राम बहादुरी कामी रहेका छन् । उनीहरुले महिन्द्रा पावरोल फाइभ केभीए डीजी (डिजल जेनरेटर) पाउने छन् । दशैं, तिहार, छठ र विश्वकर्मा पूजाको शुभ अवसरमा महिन्द्रा ट्रयाक्टर खरिद गर्ने ग्राहकहरूका लागि कम्पनीले ‘महिन्द्रा उत्सव’ योजना सञ्चालत गरेकाे थियो ।

कम्पनीले यस योजना अनुसार कम्पनीले ग्राहकहरूलाई खेतीसम्बन्धी लाभदायक योजनाहरू पनि उपलब्ध गराएको थियाे । यस योजना अन्तर्गत कम्पनीले जीवन बीमा (५ लाखको दुर्घटना बीमा र १ लाख रुपैयाँको स्वास्थ्य बीमा) सहित रोटाभेटरमा ५० प्रतिशत छुट वा तीन वर्षको निःशुल्क सर्भिसिङसहितका उपहार राखेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.