२०७७ माघ १ गते ९:४९ विकासन्युज
पोखरा । स्पर्स लघुवित्त वित्तीय संस्थाको प्रस्तावित २०.५३ प्रतिशत लाभांश पारित भएको छ । पुस २९ गते सम्पन्न संस्थाको चाैंथाे वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो ।
सभाले पारित गरेसँगै सेयरधनीले गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजी १९.५० प्रतिशत बोनस सेयर र १.०२६३१६ प्रतिशत नगद गरी २०.५३ प्रतिशत लाभांश पाउने भएका छन् ।
साथै, सम्पति तथा दायित्व मूल्यांकन प्रतिवेदनको आधारमा स्पर्स लघुवित्त वित्तीय संस्थाको १(एक) कित्ता सेयर बराबर ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको ०.९०(शून्य दशमलव नौ शून्य) कित्ता सेयर दिने गरी सेयर स्वाप अनुपात कायम गर्ने प्रस्ताव समेत पारित गरेको बताइएको छ ।
नायव प्रबन्धक सुदिप आचार्यले संचालन गरेको सभामा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत सजल खड्काले उपस्थित सम्पूर्णलाई स्वागत गरेका थिए ।
Copyright © 2021 Bikash Media Pvt. Ltd.