नेपाल बैंकको १६ प्रतिशत लाभांश पारित, सञ्चालकमा तीन जना चयन

  २०७७ माघ १ गते ९:४०     विकासन्युज

काठमाडाैं । नेपाल बैंकको प्रस्तावित १६ प्रतिशत लाभांश पारित भएको छ । पुस २९ गते सम्पन्न बैंककाे ६१औं वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो ।

सभाले पारित गरेसँगै सेयरधनीले गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजीकाे १२ प्रतिशत बोनस सेयर र ४ प्रतिशत नगद गरि कूल १६ प्रतिशत लाभांश पाउने भएका छन् ।

यस्तै, सभाले बोनस सेयर वितरणबाट बैंकको साविक जारी तथा चुक्ता पुँजीमा वृद्धि गरि १२ अर्ब ६३ कराेड रूपैयाँ कायम गर्ने प्रस्ताव पारित गरेकाे छ ।

साथै, साधारण सभामा तय भएको सर्वसाधारण सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने ३ (तीन) जना सञ्चालकको निर्वाचन गर्ने कार्यक्रम मतदान प्रकृया मार्फत सम्पन्न भएकाे छ । जसमा विवेक शमशेर ज.ब.रा., विष्णु कुमार अग्रवाल र कर्मचारी सञ्चय कोषका प्रतिनिधि ओम कृष्ण श्रेष्ठ सञ्चालक पदमा निर्वाचित भएका हुन् ।

बैंकको ६१औं वार्षिक साधारण सभा सञ्चालक समितिका अध्यक्ष वासुदेव अधिकारीकाे सभापतित्वमा सम्पन्न भएकाे थियाे ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.