बिहीबारदेखी ड्राइभिङ लाइसेन्स अनलाइन फर्ममा कोटा प्रणाली हट्ने

  २०७७ पुष २९ गते १६:५१     विकासन्युज

काठमाडौं । सवारी चालक अनुमति पत्र (ड्राइभिङ लाइसेन्स) अनलाइन आवेदन भर्न लागू गरिएको कोटा प्रणाली हट्ने भएको छ । बिहीबारदेखी यातायात व्यवस्था विभागले सिस्टम परिमार्जन गर्ने तयारी गरेको हो । अब सेवाग्राहिले चाहेकै समयमा अनलाइन आवेदन दिन सक्नेछन् ।

यातायात व्यवस्था विभाले सबै तयारी पूरा भए बिहीबारदेखी नत्र आइतबारबाट औपचारिक रुपमा कोटा प्रणाली हटाउने तयारी गरिरहेको छ । ‘हामीले सर्भरको क्षमता बढाउने, लोड म्यानेजमेन्ट गर्ने काम गरिरहेका छौं ।’ यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले भने । यसअघि अनलाइन फर्म भर्दा हरेक दिन कोटा प्रणाली लागु गरिएको थियो । अधिकांस समय सर्भर डाउन हुने र कोटा प्रणालीले गर्दा समस्यामा भएको सेवाग्राहीहरुको गुनासो थियो ।

यातायात व्यवस्था विभागले गत पुष १० गते एउटा सूचना जारी गर्दै १४ गतेदेखी आवेदन खुलाएको थियो । कोभिड १९ को महामारीका कारण सवारी चालक अनुमति पत्र वितरण लामो समयदेखी बन्द गरिएको थियो ।

फर्म कसरी भर्ने ?
यातायात व्यवस्था विभागको वेवसाइट https://www.dotm.gov.np/  मा गएर लाइसेन्सको लागी अनलाइन फर्म भर्न सकिनेछ । वेवसाइट क्लिक गरेपछि दाया साइडमा महत्वपूर्ण लिंकहरु देखिन्छ । त्यसभित्र रहेको अनलाइन सवारी चालक अनुमतिपत्र प्रणाली लिंकमा क्लिक गरेर फर्म भर्न सकिन्छ । त्यसपछि व्यक्तिगत विवरण भरेर नजिकैको परीक्षा केन्द्र छानेर सबमिट गर्ने । एप्लिकेन्ट सेभ्ड सक्सेफुल्ली देखिन्छ । त्यसमा ओके क्लिक गर्ने ।

अन्त्यमा प्रिन्टमा क्लिक गरेपछि तपाईंको फारम भरिनेछ । त्यसै पेपरमा तपाईंको बायोमेट्रिकका लिनका लागि समय तोकिएको हुन्छ । उक्त समयमा बायोमेट्रिकको आवेदक फारम, आफ्नो नागरिकता र अन्य कागजात साथमा राखेर यातायात कार्यालय पुग्नुपर्छ । लिखित परीक्षामा असफल भएमा ९० दिनसम्म अर्को फर्म भर्न नपाइने व्यवस्था गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.