५ महिनामा ५ अर्ब ६ करोडको निर्यात, आयात ९.६ प्रतिशतले घट्यो

  २०७७ पुष २९ गते १६:१५     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ५ महिनामा ५ अर्ब ६ करोडको वस्तु निर्यात भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेका तथ्यांक अनुसार चालु आवको ५ महिनाको अवधिमा कुल वस्तु निर्यात ५.१ प्रतिशतले वृद्धि भई रु.५० अर्ब ६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात २७.० प्रतिशतले वृद्धि भएको थियो ।

गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्पm क्रमशः ८.६ प्रतिशत र ०.८ प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीनतर्पm ५५.२ प्रतिशतले घटेको छ । वस्तुगत आधारमा अलैंची, जुटका सामान, धागो (पोलिष्टर तथा अन्य), चाउचाउ, पश्मिना लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, दाल, जस्तापाता, उनी गलैंचा, लत्ताकपडा लगायतका वस्तुको निर्यात घटेको छ ।

यस्तै, आर्थिक वर्ष २०७७/७८ को पाँच महिनामा कुल वस्तु आयात ९.६ प्रतिशतले घटेर रु.५२५ अर्ब ५० करोड कायम भएका छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ४.२ प्रतिशतले घटेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः १.१ प्रतिशत, २४.४ प्रतिशत र २०.८ प्रतिशतले घटेको छ ।

वस्तुगत आधारमा कच्चा सोयाविन तेल, चामल, एम.एस. बिलेट, दूरसंचारका उपकरण तथा पार्टपुर्जा, कोइला लगायतका वस्तुको आयात बढेको छ भने पेट्रोलियम पदार्थ, हवाईजहाजका पार्टपुर्जा,कच्चा पाम तेल, अन्य मेसिनरी तथा पार्टपुर्जा,यातायातका साधन तथा पार्टपुर्जा लगायतका वस्तुको आयात घटेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.