करिब ११ प्रतिशतले बढ्यो रेमिट्यान्स, श्रम स्विकृती लिने ६९ प्रतिशतले घटे

  २०७७ पुष २९ गते १६:०३     विकासन्युज

काठमाडौं । चालु  आर्थिक वर्षको ५ महिनामा रेमिट्यान्स करिब ११ अर्थात १०.९ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकल सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आवको ५ महिनामा विप्रेषण आप्रवाह १०.९ प्रतिशतले वृद्धि भई ४१६ अर्ब ८१ करोड पुगेको हो ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ०.२ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ६.४ प्रतिशतले वृद्धि भई ३ अर्ब ५२ करोड पुगेको छ ।

अघिल्लो वर्ष यस्तो आप्रवाह ०.४ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या ७७.९ प्रतिशतले घटेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ११.८ प्रतिशतले बढेको थियो ।

वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ६९.४ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ७.६ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा खुद ट्रान्सफर ८.५ प्रतिशतले वृद्धि भई रु.४५९ अर्ब ८७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर १.१ प्रतिशतले घटेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.