युवालाई स्वरोजगार बनाउने प्रयासमा जुटेका छौंः अध्यक्ष सावा

  २०७७ पुष २९ गते १७:००     विकासन्युज


प्रदेश नं १ को ताप्लेजुङ्ग जिल्लामा पर्ने एउटा सुन्दर गाँउपालिका हो मिक्वाखोला । यो गाउँपालिका भौगेलिक रुपमा बिकट र दुर्गम भएता पनि मिक्वाखोला गाँउपालिकाले पर्यटकीय, व्यावसायिक, वातावरणीय लगायतका विभिन्न बहुआयामिक पहिचान बोकेको छ । मिक्वाखोला गाँउपालिका अलैंची खेति, पर्वतारोहण, अवलोकन भ्रमण र जडिबुटी संकलनको द्धष्टिकोणले महत्वपूर्ण सम्भावना बोकेको क्षेत्र हो । कोरोनाको समयपछि गाँउपालिकाले विकास निर्माणका कामहरु कसरी अगाडि बढाइरहेको छ ? कोरोनाले शैक्षिक क्षेत्रमा कस्तो असर पु¥यायो ? युवाको लागि रोजगारी अवसर कसरी सिर्जना भइरहेको छ भन्नेलगायतका विषयमा सो गाँउपालिकाका अध्यक्ष राम कुमार सावासँग विकासन्युजका लागि राजिब न्यौपानेले कुराकानी गरेका छन् । प्रस्तुत छ उक्त कुराकानीः


गाँउपालिकामा कोरोनाले के–कस्ता असर पु¥याएको छ ? हालको अवस्था कस्तो छ ?

हाम्रो गाँउपालिकामा कोरोनाको खासै प्रभाव परको छैन । कोरोनाको समयमा सरकारको नीति अनुसार हामीले आफनो गाँउपालिकामा १८ बेडका क्वारेन्टिनहरु बनाएका थियौं । गाउँपालिकामा खासै त्यस्तो असर छैन ।

कोरोनाको समय पछि गाँउपालिकाले विकास निमार्णको कामहरु कसरी अगाडि बढाइरहेको छ ?

गाँउपालिका खासै कोरोनाको त्रास छैन । विकास निमार्णका कामहरु कोरोनाको मापदण्डहरु अपनाएर काम सुरु गरिरहेका छाैं । कोरोनाको समयमा पनि केहि विकासको काम भएको छन् । गाँउपालिका बिद्युत, खानेपानी, सडकको मर्मत लगायत कामहरु हामीले गर्यां । गत आर्थिक वर्षको बजेटमा प्रस्तुत भएका कार्यक्रम र योजनाहरु हामीले सम्पन्न गर्यौं ।

स्थानीय तह र प्रदेश सरकारबीचको समन्वय कसरी गरिरहनुभएको छ ?

हामीले गाँउपालिकाले स्थानीय तह र प्रदेश सरकारबीचको समन्वय एकदमै राम्रोसँग गरिरेका छौं । हाम्रो समन्वय विकास कार्यक्रमसँग सम्बन्धित रहेर हुन्छ । पहिला–पहिला भेटघाट हुने काम हुन्थ्यो तर अहिले तालिम र परिक्षण हुने गरेको छैनन् । प्रदेश सरकारकारले गाँउपालिकालाई बिभिन्न परिक्षण दिँदै आएको थियो तर लकडाउनको समयपछि कार्यक्रमहरु पनि सञ्चालन भएका छैनन् ।

स्थानीय तहमा काम गर्दाका चुनौती र समस्याहरु के–के छन् ?

त्यस्तो ठूलै समस्या त छैन । गाँउपालिकामा विकास निर्माणको काम गर्दा प्रायः पहाडी भुभाग हुँदा समस्या त हुन्छ नै । विशेष गरेर हामी निर्माण काममा बढी स्काभेटरको प्रयोग गर्छौं । प्रदेश सरकारको योजना कार्यक्रम भएपनि संघीय सरकारको योजना पनि स्थानीय तहमा हुने भएकाले केहि कार्यक्रमहरुमा समस्या रहेको हुन्छ ।

आफ्नो गाँउपालिका भित्रका पर्यटकिय क्षेत्रहरुको प्रचार–प्रसार कसरी गरिरहनु भएको छ ?

हामीले पर्यटकिय क्षेत्रको प्रचार–प्रसार गरिरहेका छाैं । गाँउपालिका भित्र पर्यटकलाई आकषर्ण गर्ने फुंगफुगे झरना रहेको छ । हाम्रो गाँउपालिका भित्र नै सिमसार क्षेत्र छ । गाँउपालिका क्षेत्रभित्र सांस्कृतिक, धार्मिक पर्यटन क्षेत्रमा प्रारम्भिक चरणको काम सकिएको छैन । यो गाँउपालिका आफैमा एक पर्यटकीय क्षेत्र पनि हो । पर्यटकिय क्षेत्रहरुको प्रचार–प्रसार गर्र्नेको लागि गाँउपालिकाले बजेट २ लाख रुपैयाँ छुटाएको छ

कोरोना भाइसकले शैक्षिक क्षेत्रमा कस्तो असर पु¥यायो, हालको शैक्षिक अवस्था कस्तो छ ?

कोरोनको त्रास र नेपालमा लकडाउन भएको समयमा गाँउपालिकाका विद्यालयहरु लामो समयसमम बन्द अवस्थामै रहे । तर, पनि गाउँमा त्यति लामो समयसम्म भने विद्यालय बन्द गर्नु पर्ने अवस्था आएन । हामीले केही महिना मात्रै विद्यालय बन्द गर्यौं। अहिले भने नियमित रुपमा विद्यालय सञ्चालन भइरहेका छन् । अहिले विद्यार्थीलाई पनि त्यस्तो कुनै समस्या छैन ।

गाँउपालिकाले युवाहरुलाई रोजगारीको सिर्जना कसरी गरिरहेको छ ?

गाँउपालिकाले युवाहरुलाई रोजगारीका लागिको लागि प्रधानमन्त्री स्वरोजगार कार्यक्रम ल्याएको छ । युवाहरुलाई विकास निमार्णको कामहरुमा लगाएर रोजगारी दिने गरेका छौं । अन्य त्यस्ता कुनै कार्यक्रमहरु भने छैन । तर, हामीले गाउँपालिकामा हुने विकासका काममा युवाहरुलाई लगाउने गरेका छौं । युवा लक्षित गरेर हामीले वार्षिक बजेटमा ४ लाख रुपैयाँ छुट्याउँदै आएका छौैं ।

गाँउपालिकाले कृषि क्षेत्रको विकासका लागि के–कसरी काम गर्दै आएको छ ?

गाँउपालिका भित्र कृषि विकासको लागि धेरै काम गर्दै आएका छौं । कृषिको लागि विभिन्न अनुदानका कार्यक्रमहरु ल्याएका छौं । युवा लक्षित गरेर माछा पालन गर्ने व्यवसाय पनि रहेको छ । हाम्रो गाँउपालिकामा मुख्य उत्पादनमा प्रमुख नगदे वालीको रुपमा अलैँची उत्पादन हुन्छ । गाँउपालिकामा प्रमुख पेशाको रुपमा खेती नै हो । कृषकहरुको लागि गाँउपालिकाले बिउ विजनहरु निुःशुल्क रुपमा वितरण गर्दै आइरहेको पनि छ ।

तपाईको गाँउपालिकामा सर्वसाधरणहरुले गाउँपालिका समक्ष कस्ता खालका समस्याहरु लिएर आउँछन् ?

गाँउपालिकामा सर्वसाधरणहरु प्रायः जटिल समस्याहरु लिएर आएका छैनन् । तर, कृषि, व्यापार सम्बन्धमा, सहकारीका समस्याहरु लिएर भने आउने गर्दाछन् ।

तपाइँको कार्यकालमा गाँउपालिकालाई कस्तो बनाउने योजना छ ?

मेरो कार्यकालमा गाँउपालिकालाई अन्य गाँउपालिका भन्दा विकसित र उदारणीय बनाउने योजना रहेको छ । सबै वडाहरुको सडकलाई कालोपत्रे बनाउने मेरो योजना छ । हामीले भने जति र बाचा गरेजति काम हामी हाम्रो कार्यकालमा गर्छौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.