२०७७ पुष २९ गते १४:३१ विकासन्युज
काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशबाट ऋण ल्याउँदा लागत ब्याजदरमा थप तीन प्रतिशतसम्म प्रिमियम जोड्न पाउने व्यवस्था गरेको छ । राष्ट्र बैंकको विदेशी विनिमय विभागले एकिकृत परिपत्र २०७६ संसोधन गर्दै सो व्यवस्था गरेको हो ।
विदेशी लगानीकर्ता भएका नेपाली कम्पनीले आफ्नो प्यारेन्ट कम्पनी वा ग्रुपबाट ऋण लिन राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो । यसअघि प्रचिलित वार्षिक ब्याजदरमा २ प्रतिशतभन्दा बढी प्रमियम दर थप गर्न नपाइने व्यवस्था थियो ।
यस्तै, राष्ट्र बैंकले भारतबाट लिने ऋणको हकमा भने भारतीय रिजर्व बैंकले प्रकाशन गरेको पछिल्लो विवरण अनुसार एक वर्षकोुमार्जिनल कष्ट अफ फण्डको औषतसम्म पाउने छन् भने चीनबाट लिइने ऋणको हकमा बढिमा एक वर्षको (लोन प्राइम रेट)सम्म पाइनेछ ।
उनीहरुले ल्याउने ऋण तोकिएको क्षेत्र भन्दा बाहिर लगानी गर्न नपाउने राष्ट्र बैंकको सो परिपत्रमा उल्लेख गरिएको छ ।
Copyright © 2021 Bikash Media Pvt. Ltd.