कृषि विकास बैंकको १५ प्रतिशत बोनस पारित, करिब ३ लाख सेयरधनीले पाउने !

  २०७७ पुष २९ गते १३:५२     विकासन्युज

काठमाडौं । कृषि विकास बैंकको प्रस्तावित लाभांश पारित भएको छ । पुस २९ गते सम्पन्न बैंकको वार्षिक साधारणसभाले सञ्चालक समितिको १५ प्रतिशत बोनस र ०.७८९५ प्रतिशत नगद(कर प्रयोजनको) सहित १५.७८९५ प्रतिशत लाभांश प्रस्तावलाई पारित गरेको हो ।

यससँगै बैंकका सेयरधनीले सो मात्राको लाभांश पाउने छन् । कम्पनीका अनुसार हाल बैंकको करिब ३ लाखको संख्यामा सेयरधनी रहेका छन् ।

बैंकको १४औं वार्षिक साधरणसभा भर्च्युअल माध्यमबाट बैंकको केन्द्रिय तालिम प्रतिष्ठान बोडे भक्तपुरमा सम्पन्न भएको हो । बैंकले हाल २७६ वटा शाखाहरुबाट आधुनिक बैकिङ्ग सेवा पुर्याउन सफल भएको छ । त्यस्तै, नेपालका वाणिज्य बैंकहरु मध्ये बैंकको सबैभन्दा बढी अधिकृत पुँजी रहको छ ।

सम्बन्धित समाचार

लाभांश पारित गर्न कृषि विकास बैंकले डाक्यो एजीएम, बुक क्लोज कहिले ?
कृषि विकास बैंकको लाभांश घोषणा, अग्राधिकार सेयरमा समेत लाभांश पाइने

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.