पोखरा फाइनान्सको लाभांश पारित, मर्जरमा जान सञ्चालक समितिलाई अख्तियारी

  २०७७ पुष २९ गते १२:५५     विकासन्युज

काठमाडौं । पोखरा फाइनान्सको प्रस्तावित लाभांश पारित भएको छ । हालै सम्पन्न संस्थाको २४औं वार्षिक साधारणसभाले गत आर्थिक वर्षको ५.२६३ प्रतिशत लाभांश पारित गरेको हो ।

सभाले आर्थिक वर्ष २०७६/७७ सम्मको सञ्चित मुनाफा तथा जगेडा कोषबाट प्रतिसेयर ५ प्रतिशतका दरले बोनस सेयर र प्रति सेयर ०.२६३ प्रतिशतका दरले नगद लाभांश गरी कुल ५.२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । बोनस सेयर वितरण पश्चात् वित्तीय संस्थाको चुक्ता पुँजी ९६ करोड ३१ लाख रुपैयाँ पुगेको छ ।

साथै, सभाले मर्जर प्रकृयामा जान संस्थाको सञ्चालक समितिलाई अख्तियारी प्रदान गरेको छ । पोखरा फाइनान्स लिमिटेड र अन्य उपयुक्त बैंक वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने/गाभिने(मर्जर) वाप्राप्ति (एक्विजिसन) गर्ने विषयमा आवश्यक सहमति र सम्झौता गर्न लगायत प्रचलित नियम, कानूनअनुसार वित्तीय संस्थाको तर्फबाट गर्ने सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने निर्णय गरेको वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत रविचन्द्र गुरुङले जानकारी दिए ।

फाइनान्सले आधुनिक प्रविधियुक्त बैकिङ सेवा तथा सुविधामा विशेष ध्यान दिँदै ग्राहक सेवालाई निरन्तर रुपमाचुस्त दुरुस्त र सुरक्षित बनाउँदै लैजाने संस्थाको योजना रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.