इन्फिनिटी लघुवित्तको माघ ९ गतेदेखि बुक क्लोज

  २०७७ पुष २९ गते १२:०१     विकासन्युज

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको आगामी माघ ९ गतेदेखि बुक क्लोज हुने भएको छ । साधारणसभामा जाने प्रयोजनको लागि संस्थाको माघ ९ गतेदेखि माघ २४ गतेसम्म बुक क्लोज हुने भएको हो ।

संस्थाको चौंथो वार्षिक साधारणसभा आगामी माघ २४ गते हुँदै छ । सभा सो दिन बिहान ११ बजे नवलपुरको गैंडाकोटमा रहेको संस्थाको केन्द्रिय कार्यालयमा बस्दै छ ।

सभाले सेयरधनीलाई १५.५ प्रतिशित लाभांश वितरण गर्ने प्रस्तावलाई पारित गर्दै छ । कम्पनी सञ्चालक समितिको बैठकले सेयरधनीलाई गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजीको १४.७५ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.७५ प्रतिशत नगद गरी कूल १५.५ प्रतिशत लाभांश प्रस्ताव गरेको थियो ।

हाल संस्थाको चुक्ता पुँजी २२ करोड ८१ लाख रुपैयाँ रहेको छ । १४.७५ प्रतिशत बोनस पछि चुक्ता पुँजी २६ करोड रुपैयाँ नाघ्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.