स्वावलम्बन लघुवित्तको प्रस्तावित लाभांश स्वीकृत

  २०७७ पुष २९ गते ११:२८     विकासन्युज

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरेको छ । राष्ट्र बैंकले कम्पनीको गत आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्तावलाई स्वीकृत गरेको हो ।

पुस ३ गते बसेको बैंक सञ्चालक समितिको बैठकले गत आवको नाफाबाट चुक्ता पुँजीको १९ प्रतिशत बोनस र कर प्रयोजनको लागि १ प्रतिशत नगद गरी सो मात्राको लाभांश प्रस्ताव गरेको थियो ।

जसलाई राष्ट्र बैंकले पुस २८ गते मात्र स्वीकृत गरेको नेप्सेले जानकारी गराएको छ । यससँगै उक्त लाभांशलाई लघुवित्तको आगामी साधारण सभाले पारित गरेपछि मात्रै सेयरधनीले सो मात्राको लाभांश पाउने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.