अनलाइनबाटै आन्तरिक राजस्वकाे कर तिर्न सकिने, एभरेष्ट बैंक र फोनपेबीच सम्झाैता

  २०७७ पुष २९ गते १०:५९     विकासन्युज

काठमाडौं । एभरेष्ट बैंकले फोनपेसँगको प्राविधिक सहकार्यबाट महालेखा नियन्त्रक कार्यालयको साथ एकीकृत अनलाइन आन्तरिक राजस्व कर भुक्तानी प्रणाली शुरू गरेको छ । साथै बैंककाे अनुसार यस विधुतिय भुक्तानी प्रणालीले ठूलो मात्रामा सेवाग्राहीलाई हाल कोभिड महामारीको समयमा कर भुक्तानी गर्न कर कार्यालय जानुपर्ने समस्या र लामो प्रक्रियाको अन्त्य गर्नेछ ।

कोभिड १९ को महामारीलाई विचार गर्दै एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत जी.के. नेगी र नेपाल सरकार, अर्थ मन्त्रालयका सचिव (राजस्व) रामशरण पुडासैनीको उपस्थितिमा अनलाइन आन्तरिक राजस्व कर भुक्तानी प्रणालीको डिजिटल रूपमा उद्घाटन गरिएको थियो ।

स्थापना काल देखिनै ग्राहकहरुको पहिलो रोजाइको एभरेष्ट बैंकमा हालसम्म ११ लाखभन्दा बढी सन्तुष्ट ग्राहकहरु रहेका छन् तथा देशैभरि छरिएर रहेको आफ्नो १०० शाखा संजाल, प्रादेशिक कार्यालय , १३२ एटिएम बुथ सहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र एसएमएस बैंकिङ्ग सुविधा प्रदान गर्दै आइरहेको छ । बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३३ वटा संकलन केन्द्रबाट समेत सेवा दिदै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.