सिवाईसी नेपाल लघुवित्तले आईपीओ जारी गर्ने

  २०७७ पुष २८ गते १८:४४     विकासन्युज

बागलुङ । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाले प्राथमिक सेयर आईपीओ निष्काशन गर्ने भएको छ । संस्थाले यसै आर्थिक वर्ष भित्रमा सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने निर्णय गरेको हो ।

आज मंगलबार सम्पन्न संस्थाको साधारण सभाले सञ्चालक समितिको आर्थिक वर्ष २०७६/०७७ को प्रतिवेदन पारित गर्दै नियामक निकायहरु लगायतका कार्यालयहरुबाट आवश्यक स्वीकृत प्राप्त भए पश्चात आईपीओ निश्काशन गर्ने निर्णय गरेको हो ।

संस्थाका अध्यक्ष पद्मनाथ शर्माको अध्यक्षतामा भएको संस्थाकाे दोश्रो वार्षिक साधारण सभा मङ्गलबार बागलुङ बजारमा सम्पन्न भएको हो ।

सभाले आर्थिक वर्ष २०७६/७७ को लागि लेखापरिक्षण गर्न लेखापरीक्षक नियुक्त गर्न एबम् निजको पारिश्रमिक निर्धारण गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गरेको छ । सभाले संस्थाको प्रवन्धक पत्र नियमावलीमा आवश्यक संसोधन गर्न र अन्य इजाजतपत्र प्राप्त“घ” वर्गका लघुवित्त वित्तीय संस्थासंग प्राप्ती तथा मर्ज गर्न उपयुक्त देखिएमा सो सम्बन्धी आवश्यक कार्य अगाडि बढाउन समेत सञ्चालक समितिलाई अधिकार प्रत्यायोजन गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

साधारण सभामा संस्थाको मुख्यप्रवद्र्धक संस्था चारतारे युवा क्लव नेपालका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलले लघुवित्त संस्थाहरु कार्यक्रमको मुल मर्म भन्दाविपरीत गई नाफामुखी र बजार केन्द्रित भएकाले समस्या सिर्जना भईरहेको बताए । उनले वर्तमान परिपेक्षमा यस वित्तीय संस्थाले नाफासंगसंगै ग्रामिण दुरदराजमा गई वित्तीय तथा गैर वित्तीय कारोबार सञ्चालन गर्नुपर्ने धारणा राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.