एनसेल बाह्रखरी गल्फ पोखरामा हुँदै, आन्तरिक पर्यटन प्रवर्द्धनमा जोड

  २०७७ पुष २८ गते १६:४३     विकासन्युज

काठमाडौं । नेपालको पर्यटन क्षेत्रमा विशेष योगदान पुर्याउने उद्देश्यअनुरुप नियमितरुपमा सञ्चालन हुँदै आएको ‘आमन्त्रण गल्फ प्रतियोगिता’को चौथो संस्करण यसवर्ष पोखरामा आयोजना गरिने भएको छ । एनसेलसँगको विशेष सहकार्यमा हुने लागेकाे उक्त प्रतियाेगिता माघ २३ देखि २५ गतेसम्म हुने भएकाे छ ।

मंगलबार पाेखरामा आयोजित पत्रकार सम्मेलनमा बाह्रखरी मिडियाका प्रधान सम्पादक प्रतीक प्रधानले पोखराको पर्यटन प्रवर्द्धनका लागि यसवर्ष पोखरामा प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी दिए ।

कोभिड–१९ ले संसारभरकै पर्यटन क्षेत्रलाई आक्रान्त पारेको वर्तमान अवस्थामा नेपालको पर्यटन क्षेत्र पनि अछुतो नरहेको र नेपालको पर्यटकीय राजधानी पोखराको पर्यटनमा नवीन ऊर्जा सञ्चार गराउनसके यसले सम्पूर्ण पर्यटन क्षेत्रलाईनै उत्साहित र सकारात्मक गति दिने विश्वासका साथ यो वर्ष पोखरालाई ‘एनसेल बाह्रखरी गल्फ’को केन्द्रबिन्दु बनाइएको प्रधानले जानकारी दिए ।

पोखरामा हुने यस प्रतियोगितामा काठमाडौं, पोखरा, विराटनगर, वीरगञ्ज, चितवन, भैरहवा, नेपालगञ्ज र धनगढीका कर्पोरेट लिडर तथा गल्फ खेलाडीलाई प्रतिस्पर्धा गराउनुका अतिरिक्त उल्लेखित सहरहरूबाट विशेष पाहुनाहरूलाई पनि निमन्त्रणा गरिने छ । खेलाडी र विशेष पाहुनालाई माघ २३ देखि २५ सम्म पोखराका विभिन्न स्थानको भ्रमण गराउने र साहसिक खेलमा सहभागी गराउने कार्यक्रम पनि समावेश गरिएको छ ।

साथै पोखरामा आन्तरिक पर्यटन र पर्यटनको पुनरुत्थानप्रति विशेष जागरुकता फैलाउने उद्देश्यले माघ २३ गते शुक्रबार साइकल ¥याली आयोजना गरिने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

पोखराको हलनचोकदेखि हिमालयन गल्फ कोर्स विजयपुर मझेरीपाटनसम्म साइकल र्याली हुनेछ । गल्फ प्रतियोगिता हिमालयन गल्फ कोर्समा फेब्रुअरी ६ तारिख अर्थात माघ २४ गते हुनेछ ।  जहाँ ७२ जना कर्पोरेट गल्फरले १८ होलमा स्टेबल फोर्ड फर्म्याटमा प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताका अल–राउण्ड विजयीले सुनको गल्फ बल अर्थात् बाह्रखरी गोल्डेन बल पुरस्कारस्वरुप प्राप्त गर्नेछन् । साथै अन्य विजयीले ट्रफी तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।

एनसेल प्रमुख प्रायोजक रहेको गल्फ प्रतियोगितामा गल्फ खेलाडीसहित करिब दुई सय पाहुना सम्मिलित हुनेछन् । पोखराका प्रतिष्ठित उद्यमी, व्यवसायी तथा गण्यमान्य गरी करिब तीन सय पाहुना गल्फको पुरस्कार वितरण समारोहमा विशेष आमन्त्रित हुने पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

गल्फरबाहेकका पाहुनाका लागि अल्ट्रालाइट, प्याराग्लाइडिङ, जीप फ्लाइङ, बन्जी जम्पिङ्, र्याफ्टिङ, क्यानोनिङ र डुंगा सयरको व्यवस्था गरिएको छ । प्रतियोगितामा उपस्थित पाहुनाका लागि १६ वटाभन्दा बढी होटलमा बस्ने व्यवस्था गरिएको छ भने रेष्टुरेन्ट एवम् बार एशोसिएसन पोखरासँग आवद्ध २५ बढी रेष्टुरेन्टमा बाह्रखरीका पाहुनाका लागि तीन दिन २३, २४ र २५ गते स्पेशल छुटको व्यवस्था हुनेछ ।

साथै पोखरा आइपुगेका पाहुनाले आफ्नै खर्चमा यस क्षेत्रको मनोरम दृष्य अवलोकन गर्न चाहेमा कैलाश हेलिकप्टर्स, अल्टिच्युड हेलिकप्टर्स तथा प्रभु हेलिकप्टर्सले विशेष छुटमा पोखरा र यस वरिपरीका हिमालयहरूको दृश्यावलोकन गराउनेछन् । एनसेल प्रमुख प्रायोजक रहेको बाह्रखरी गल्फको यो प्रतियोगितामा नेपाल टुरिजम बोर्ड, गण्डकी प्रदेश सरकार तथा पोखरा महानगरपालिकाको पनि सहकार्य रहेको छ ।
अन्य प्रायोजकमा डिसहोम, भाटभटेनी सुपरमार्केटस्, नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड, काल्र्सबर्ग, सिभास रिगल, हुन्ड्याई मोटर्स, र आईएमई रहेका छन् ।

बाह्रखरी मिडिया प्रतियोगिताको प्रमुख आयोजक रहेको प्रबन्ध निर्देशक ज्ञानेश्वर आचार्यले जानकारी गराए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.