जगदम्बा मोटर्सले भर्चुअल माध्यमबाटै ‘प्रोटोन साँगा’ सार्वजनिक गर्ने, कसरी सहभागी हुने ?

  २०७७ पुष २८ गते १३:५९     विकासन्युज

काठमाडौं । प्रोटोनको नेपालका लागी आधिकारिक विक्रेता जगदम्बा मोटर्सले ‘प्रोटोन साँगा’ सार्वजनिक गरेको छ । मोटर्सले २९ गते अर्थात जनावरी १३ का दिन भर्चुअल माध्यमबाट उक्त गाडि सार्वजनिक गर्न लागेको हो ।

भर्चुअल लञ्च कार्यक्रम सोही मितिको साँझ ५ बजे पश्चात प्रोटोन कार्स नेपालको आधिकारिक फेसबुक र युट्युब पेज मार्फत प्रत्यक्ष प्रसारण गरिनेछ । उक्त कार्यक्रममा सहभागी बन्नका लागि प्रोटोन कार्स नेपालको फेसबुक पेज मा गइ त्यहाँ दिइएको द न्यू प्रोटोन साँगा भर्च्युअल लञ्च इभेन्टमा क्लिक गरी गोइङ्ग अथवा इन्ट्रेस्टेड मा क्लिक गर्नुपर्ने हुन्छ ।

प्रोटोन अटोमोबाइल कम्पनी छोटो समयमा प्रसिद्धि कमाउन सफल मलेशियाको राष्ट्रिय अटोमोबाइल कम्पनी रहेको छ । जसले १९८५मा प्रोटोन साँगाकै रुपमा आफ्नो प्रथम गाडी बजारमा ल्याएको थियो । त्यसपश्चात एकपछि अर्को गर्दै विभिन्न नयाँ मोडलहरु स्वदेशी तथा विदेशी बजारमा विक्री-वितरण गर्दै सफलता हाँसिल गरेको प्रोटोनका गाडीहरु हाल संसारका ७० भन्दा धेरै मुलुकहरुमा देख्न सकिन्छन भने यसका लगभग ४.४ मिलियन प्रयोगकर्ता रहेका छन् ।

प्रोटोन साँगा उत्कृष्ट फिचर्स तथा डिजाइनले भरिपूर्ण र संसारभर एकदमै ज्यादामात्रामा रुचाइएको सेडान रहेको छ। यसका एक्स्टिरियरदेखि लिएर इन्टेरियरसम्म सबैको ध्यानाकर्षण गर्न योग्य रहेका छन् । यसमा समाहित १.३ लिटरको भिभिटि इन्जिन १२९९ सिसिको रहेको छ जसको पावर क्षमता अरु संग अतुलनीय छ ।

यसैगरी, मनोरञ्जन विधाका लागि यसमा नयाँ स्मार्ट्फोन कनेक्टिभिटी जस्तो विशेष सुविधा जडान गरिएको छ, जसले ड्राइभिङ्गका क्रममा ड्राइभरलाई मनोरञ्जन प्रदान गरिरहन्छ । यसमा रहेको ४२० लिटर क्षमताको ट्रंक रिलिजकतै यात्रा गर्दाओर्दा आफुले चाहेजति सामान अथवा लगेजहरु अटाउँनका लागि काफी छ भने इन्टेरियर एन् ९५ फिल्टरले दुषित हावाबाट यात्रु र गाडीलाई जोगाइ राख्दछ । यसैगरी, अगाडि बस्ने चालक र यात्रुको सुरक्षालाई मध्यनजर गर्दै यसमा एस्आरएस् एयर ब्याग्सको समेत सुविधा रहेको छ ।

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय अटोमोबाइल ब्राण्ड प्रोटोनलाई नेपाल भित्र्याउँदै जगदम्बा मोटर्स
प्रोटोनको सोरुम अब काठमाडौंकाे नक्सालमा, आधिकारिक वितरकमा जगदम्बा मोटर्स नियुक्त

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.