सिजीकाे एसी अब सित्तैमा जाेड्न सकिने, साढे २ हजार रूपैयाँ बचत हुने

  २०७७ पुष २८ गते १२:१२     विकासन्युज

काठमाडौं । सिजीका ग्राहकले अबदेखि निःशुल्क एसी जडान गर्न सक्ने भएका छन् । नेपालकै सबैभन्दा ठूलो इलेक्ट्रोनिक्स ब्राण्ड सिजीले अबदेखि सिजीका कुनैपनि इन्भर्टर वाल माउन्ट एसी, स्प्लिट टाईप एसी तथा अन अफवाल माउन्ट स्प्लिट टाईप एसीहरुको खरिदमा निःशुल्क जडान गरिदिने भएकाे हाे ।

यससँगै ग्राहकले जडान गर्दा लाग्ने २ हजार ५ सय रुपैयाँ बराबरको खर्च जोगाउन सक्ने भएका छन् ।

यी एसीहरु जाडो र गर्मी दुबै मौसममा प्रयोग गर्न मिल्नुका साथै विजुलीको पनि कम खपत गर्ने गर्दछ । यो जाडो याममा जीवन सरल, सहज बनाउँदै विद्युतमा पनि बचत गराउनु यी एसीहरुको विशेष उद्देश्य रहेको छ ।

साथै, यी एसीहरुमा ५ वर्षको वारेन्टी पाउनुका साथै काठमाडौं क्षेत्रभित्रमा २४ घण्टा भित्र नै जडान गरिदिने व्यवस्था पनि रहेको कम्पनीले जनाएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.