प्रिमियर इन्स्योरेन्सले सेयरधनीलाई नगद लाभांश दिने

  २०७७ पुष २८ गते १०:४९     विकासन्युज

काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनीले सेयरधनीलाई नगद लाभांश वितरण गर्ने भएकाे छ । कम्पनीले गत आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई कूल ११.०५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेकाे हाे ।

पुस २७ गते दिउँसो ४ बजे बसेको कम्पनी सञ्चालक समितिको बैठकले उक्त प्रस्ताव गरेको हो ।

उक्त प्रस्तावलाई बीमा समितिले स्वीकृत तथा कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले सो मात्राको लाभांश पाउने छन् ।

इन्स्योरेन्सले अघिल्लो आर्थिक वर्ष २०७५/७६ को नाफाबाट सेयरधनीलाई ८४ प्रतिशत बोनस सेयर वितरण गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.