काभ्रेको रोशी गाउँपालिकामा स्त्रीरोग सम्बन्धी स्वास्थ्य शिविर सम्पन्न, स्थानीय महिला लाभान्वित

  २०७७ पुष २८ गते १०:३८     विकासन्युज

रोशी । काभ्रे जिल्लाको रोशी गाउँपालिकामा स्त्री रोग सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । रोशी गाउँपालिकासंग सहकार्य गरी विन्धवासिनी बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा एक दिने स्त्री रोग सम्बन्धि निःशुल्क स्वास्थ्य परीक्षण शिविर सञ्चालन भएको हो ।

रोशी गाँउपालिकाको वडा नं १,२,३ र नमोबुद्ध नगरपालिकाको वडा नं ८ र ९ का स्थानीय महिलाहरुका लागि लक्षित गरी शिविरको आयोजना गरिएको विन्धवासिनी साकोस, भकुण्डे सेवा कार्यालयका कार्यालय ब्यवस्थापक राजेन्द्र श्रेष्ठले जानकारी दिए ।

धुलिखेल अस्पताल र रोटरी क्लब अफ पनौतीको प्राविधिक सहयोग तथा स्माईल केयर फार्मेसी बनेपाको ब्यवस्थापनमा रोशी अस्थायी अस्पतालमा संचालित शिविरमा १ सय ३० जना महिलाहरुले स्वास्थ्य परिक्षण गराएका थिए ।

ग्रामिण भेगका अधिकाशं महिलाहरुले आफु भित्र रहेको गुप्त रोगहरु अरुले केही भन्लान की भन्ने डर र लाजका कारण लुकाउने र पछि त्यही रोग फैलिएर क्यान्सरसम्म हुन सक्ने सम्भावना भएकाले घरदैलोमै संचालित शिविरबाट महिलाहरुले धेरै लाभ लिन सक्ने भएकाले शिविर निकै प्रभमवकारी रहेको धुलिखेल अस्पतालका वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. सुमनराज ताम्राकारले बताए ।

पाठेघरको मुखको क्यान्सर परीक्षण सहित निःशुल्क औषधी वितरण गरिएको उक्त शिविरमा रोशी गाँउपालिका उपाध्यक्ष लक्ष्मी उप्रेती बर्तोला, वडा श्रीदास लामा, बिन्धबासिनी साकोसका संचालक सदस्य भिमबहादुर के.सी, शिक्षा उप समितिका सदस्य प्रकाश कायस्थ, विभागीय व्यवस्थापक मित्रप्रसाद दाहाल, कार्यालय व्यवस्थापक राजेन्द्र श्रेष्ठ, स्माईल केयर फार्मेसीका निर्देशक पवन अधिकारी लगायतको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.