माउन्टेन हाइड्रोले एकैपटक सम्पन्न गर्यो दुई वार्षिक साधारणसभा

  २०७७ पुष २७ गते २१:०७     विकासन्युज

काठमाडौं । माउन्टेन हाइड्रो नेपालले एकैपटक दुई वर्षको वार्षिक साधारणसभा सम्पन्न गरेको छ । कम्पनीले आज(पुस २७ गते) चौंथो तथा पाँचौं वर्षको सभा एकैपटक सम्पन्न गरेको हो ।

कम्पनीको पुस ४ गते बसेको संचालक समितिको बैठकले गरेको निर्णयानुसार उक्त सभा सोमबार कालिमाटी व्याङ्क्युटमा बिहान ११ बजे सुरु भएको थियो ।

सभाले संचालक समितिको तर्फबाट वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदनसहित वार्षिक आर्थिक प्रतिवेदन, लेखापरिक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने लगायत विविध एजेण्डाहरुमाथि छलफल गरी पारित गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.