सनराइज बैंकले एकैसाथ विस्तार गर्याे ५ शाखारहित बैंकिङ्ग सेवा र एक्सटेन्सन काउण्टर

  २०७७ पुष २७ गते १७:५८     विकासन्युज

काठमाडौं । सनराइज बैंकले एकैसाथ थप ५ नयाँ शाखारहित बैंकिङ्ग सेवा विस्तार गरेको छ । बैंकले तनहुँ, नवलपरासी, सुनसरी, गुल्मी र धुर्कोट जिल्लामा नयाँ शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको हो ।

यससँगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या ६३ पुगेको छ ।

बैंकले गत पुस २४ गते व्यास नगरपालिका-१४ केशवटार तनहुँ, सुनवल नगरपालिका-७ अस्नैया नवलपरासी र गढी गाउँपालिका-२ भमरीबजार सुनसरीमा ३ वटा शाखारहित बैंकिङ्ग सेवा खोलेको हाे ।

त्यस्तै, गत पुस २५ धुर्कोट गाउँपालिका-३ हाडहाडे गुल्मी र धुर्कोट गाउँपालिका-७ ड्वानेटा गुल्मीमा २ वटा शाखारहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ । बैंकिङ्ग सेवाको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको स्थानबाट समेत शाखारहित बैंकिङ्ग सेवा अन्तर्गत एटीएम कार्ड मार्फत कारोबार गर्न सकिने बैंकले जनाएको छ ।

यस सेवाबाट ग्राहकहरुले निक्षेप संकलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी जस्ता सेवाहरु लिन सकिने बैंकले जनाएको छ । कृषि र रेमिट्यान्स मुख्य आयस्रोत रहेको सो क्षेत्रका बासिन्दाहरुमा बैंकिङ्ग पहुच पुर्याउने उद्देश्यका साथ बैंकिङ्ग सेवा सुरु गरेको बैंकले जनाएको छ ।

साथै, पुस २७ गते काठमाडौं कलंकी स्थित मालपोत कार्यालयमा बैंकको १२ औं एक्सटेन्सन काउण्टरको शुभारम्भ गरेको छ ।

हालसम्म सनराइज बैंकले १३९ वटा शाखा, ६३ वटा शाखारहित बैंकिङ्ग सेवा, १२ वटा एक्सटेन्सन काउण्टर र १६१ वटा एटीएम मार्फत आफ्ना ७ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । साथै, बैंकले आफ्ना सेवाहरु विस्तार गर्ने क्रममा, नेपालका अन्य स्थानहरुमा पनि बैकिङ्ग सेवा संचालन गर्दै जाने योजना रहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.