आफुहरुसँग समन्वय नगरी कृषिमा विदेशी लगानी भित्र्याउने सरकारको निर्णयप्रति निजी क्षेत्रको आपत्ति

  २०७७ पुष २७ गते १५:०८     विकासन्युज

काठमाडौं । कृषिमा विदेशी लगानी भित्र्याउने सरकारको निर्णयप्रति निजी क्षेत्रले आपत्ति जनाएको छ । आज नेपाल उद्योग बाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले सयुंक्त रुपमा विज्ञप्ती जारी गर्दै आपत्ति जनाएका हुन् ।

तीनै संस्थाहरुले विदेशी लगानी भित्र्याउँदा बनाउनु पर्ने नीति नियम, निर्देशिका, कार्यविधि बनाउदा वा कुनै शंसोधन गर्दा निजी क्षेत्रसंग अनिवार्य रुपमा छलफल गर्न पनि अनुरोध गरेको छ ।

तीनै संस्थाहरुले विदेशी लगानी मुलुकका लागि अत्यावश्यक भएको सन्दर्भमा उक्त लगानीलाई प्रवद्र्धन गर्न सरकारले जनाएका विगतका प्रतिवद्धता पुरा गर्नु आवश्यक रहेको भन्दै यससंग सम्बन्धित नीति नियम, निर्देशिका, कार्यविधि बनाउदा वा कुनै शंसोधन गर्दा निजी क्षेत्रसंग अनिवार्य रुपमा छलफल गर्न पनि माग गरेको छ ।

यस्तै, निजी क्षेत्रले कृषि क्षेत्रमा विदेशी लगानी खुला गर्ने सन्दर्भमा त्यसबाट भित्रिने प्रविधि, यसले उपयोग गर्ने कच्चा पदार्थ र निर्यातको अवस्था हेरेरमात्र निर्णय गर्नु आवश्यक भएको धारणा राखेका हुन् ।

नेपाल सरकारद्धारा पुष २० गते राजपत्रमा प्रकाशित गरेको कृषिमा विदेशी लगानी खुला गर्ने सम्बन्धमा भएको व्यवस्था र त्यसको विरोधमा विभिन्न कृषि उद्यमसंग सम्बन्धित संघसंस्थाले विरोध गरिरहेका छन् ।

२०७५ चैतमा आएको नयाँ विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐनले कृषिमा विदेशी लगानी पुर्णतः बन्देज गरेको सन्दर्भमा मन्त्रीपरिषदको निर्णयबाट आफूले उत्पादन गरी कम्तीमा ७५ प्रतिशत निकासी गर्ने पशुपंन्छीपालन, माछापालन, मौरीपालन, फलफुल, तरकारी, तेलहन, दलहन, दुग्ध व्यवसाय र कृषिका प्राथमिक उत्पादनसंग सम्बन्धित ठूला उद्योगमा विदेशी लगानी गर्न पाउने गरी भएको व्यवस्थाको यससंग सम्बन्धित उद्यमीहरुले बिरोध गरिरहेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.