साेमबार फेरी घट्याे सुनकाे मूल्य

  २०७७ पुष २७ गते ११:०९     विकासन्युज

काठमाडाैं । साेमबार पनि सुनकाे मूल्य घटेकाे छ । आइतबार प्रतितोला ९३ हजार रुपैयाँमा काेराेबार भएकाे सुन साेमबार ८०० ले घटेर ताेलाकाे ९२ हजार २ सय रुपैयाँ पुगेकाे हाे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य घट्दा तेजाबी सुनको मूल्य पनि घटेकाे छ । आइतबार ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएकाे तेजाबी प्रतितोला ८ सयले घटेर ९१ हजार ७ सय रुपैयाँ पुगेकाे छ ।

महासंघका अनुसार आज चाँदीको मूल्य भने ४० रुपैंयाले घटेर १२३० रुपैयाँ पुगेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.