व्यवसायिक तालिमकाे लागि आइडिया स्टुडियो र केएमसी कलेजबीच सम्झाैता

  २०७७ पुष २७ गते १०:०१     विकासन्युज

काठमाडाैं । विद्यार्थीहरूमा उद्यमशीलताको विकासका लागि आइडिया स्टुडियो र केएमसी कलेजबीच सम्झाैता भएकाे छ । सोसम्बन्धी सम्झौतापत्रमा आइडिया स्टुडियोको तर्फबाट अध्यक्ष टिछिरिङ लामा र क्याम्पसको तर्फबाट संस्थापक सदस्य रामेश्वर अर्यालले आइतबार हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार आइडिया स्टुडियोले काठमाडौं मोडल कलेजका विद्यार्थीहरूलाई व्यावसायिक क्षमता अभिवृद्धिसम्बन्धी चारदिने व्यावसायिक तालिम प्रदान गर्नुका साथै व्यावसायिक यात्रामा सहयोग गर्नेछ ।

कार्यक्रममा आइडिया स्टुडियोको सहयोगमा व्यवसायी बन्न सफल बनेका क्याम्पसका पूर्वविद्यार्थीसहित आइडिया स्टुडियोका सह-संस्थापक रूपेशकृष्ण श्रेष्ठ, क्यापसका प्रधानाध्यापक सुरेन्द्र सुवेदी र विद्यार्थीहरूको उपस्थित थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.