सरकारले दिदैछ ६० विषयमा नि:शुल्क सीपमूलक तालिम, यसरी दिन सकिन्छ अनलाईन आवेदन

  २०७७ पुष २६ गते १८:०९     विकासन्युज

काठमाडौं । नेपाल सरकारले बिभिन्न ६० वटा विषयमा नि:शुल्क सीपमूलक तालिम प्रदान गर्दैछ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको लघु, घरेलुु तथा साना उद्योग प्रवद्र्धन केन्द्रले विभिन्न ६० वटा विषयमा सीपमुलक, सीप अभिवृद्धि एवं उद्यमशीलता विकास तालीम सञ्चालन गर्न लागेको हो ।

हाउस वायरिङ, फेसन डिजाइन, बेकरी एड्भान्स, मोबाइल मर्मत, मोटरसाइकल मर्मत, कफी वारिस्टा, फेस मास्क बनाउने लगायत विभिन्न ६० वटा शिर्षकहरुमध्ये आफ्नो रुचिको विषयमा आवेदन दिन सकिनेछ । भविष्यमा उद्यम व्यवसाय गर्न इच्छुक व्यक्तिले अनलाइन आवेदनका माध्यमबाट यस तालीममा भाग लिन सक्नेछन् । आवेदकले केन्द्रको वेवसाइट www.mcsipc.gov.np मा गएर आवेदन पेश गर्न सक्नेछन् । मंसिर १९ गते आवेदन खुलाएको यस तालिममा २१ दिनभित्र आवेदन पेश गर्न आह्वान गरिएको छ । १८ वर्ष पुगेका नेपाली नागरिकले माघ १३ गतेभित्र यस तालीमका लागी आवेदन दिन सक्न्ेछन् ।

केन्द्रका अनुसार एक जनाले दुई भन्दा बढी तालिममा आवेदन दिन पाईने छैन । देशभरबाट आवेदन दिने मध्ये छनौटमा परेकालाई वेवसाइट तथा ईमेलमार्फत तालीम हुने स्थान र मितिबारे जानकारी गराईने केन्द्रले जनाएको छ ।

2 comments on "सरकारले दिदैछ ६० विषयमा नि:शुल्क सीपमूलक तालिम, यसरी दिन सकिन्छ अनलाईन आवेदन"

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.