ओम् शिवा सहकारीको वार्षिकोत्सव र साधारणसभा एकैदिन सम्पन्न

  २०७७ पुष २६ गते १३:१४     विकासन्युज

काठमाडौं । ओम् शिवा बहुमुखी सहकारी संस्थाले वार्षिकोत्सव र वार्षिक साधारणभा एकैदिन सम्पन्न गरेको छ । संस्थो पुस २५ गते आफ्नो २१ औं वार्षिकोत्सव तथा २०औं वार्षिक साधारण सभा सम्पन्न गरेको हो ।

वार्षिकोत्सव तथा साधारण सभा साे दिन बिहान ११ बजे ललितपुरकाे कुपण्डाेस्थित ओम् शिवा भवनमा रहेकाे संस्थाको कार्यालयमा सम्पन्न भएकाे हाे ।

साथै संचालक समिति र लेखा सुपरिवेक्षण समितिको चुनावमा निर्विरोध चुनिने भएका संचालक समितिका ७ सदस्यहरुमध्ये अशोक प्रसाद मल्ल अध्यक्ष, सुरेन्द्र लाल राजभण्डारी उपाध्यक्ष र ज्ञानेन्द्र चन्द्र श्रेष्ठ, विराट पूर्ण श्रेष्ठ, सुर्दशन रघुवंशी र उत्तम दास श्रेष्ठ संचालक भएका छन् । साथै, लेखा सुपरिवेक्षण समितिको संयोजकमा सालिक राम भण्डारी र सदस्यहरुमा मिना श्रेष्ठ र रिजा श्रेष्ठ रहेका छन् ।

सभाबाट संस्थाले आर्थिक वर्ष २०७६/२०७७ को वासलात, नाफा नोक्सानी हिसाबमा मा निम्न बमोजिम आर्थिक प्रगति विवरणहरु पारित गर्यो । संस्थाले सेयरधनीलाई ज्ञट.डद्ध प्रतिशत लाभांश वितरण गर्ने बताएको छ ।

कार्यकारी अध्यक्ष ईश्वर बहादुर रघुवंशीले संस्था संस्थापना गरी विगत २१ वर्षदेखि सेवा गरेकोमा सभाले उनको योगदानको कदर गर्दै धन्यवाद ज्ञापन गरेको छ । सहकारी ऐन २०७५ अनुसार उनले कार्यकारी अध्यक्षको पद छोडी नव निर्वाचित संचालक समितिले पूर्ण सक्षमता साथ सहकारीको मूल मन्त्र इमान्दारिता र पारदर्शितालाई हृदयगंम गरी संस्था चलाउने पूर्ण विश्वाससाथ कार्य भार सुम्पिए । साथै, उनले अब नवगठित संचालक समितिको निर्णयानुसार कार्यकारी प्रमुख भई कार्य संचालन गर्ने छन् ।

सहकारीको सेयर पुँजी दुई करोड नौ लाख रुपैयाँ रहेको छ । बचत (निक्षेप) ३० करोड ९२ लाख रुपैयाँ, कर्जा सापट २२ करोड ८० लाख रुपैयाँ रहेको छ । ९ करोड ४९ लाख रुपैयाँ लगानी रहेको संस्थाको सापटी एक करोड ४० लाख रुपैयाँ र कूल सम्पत्ति ४० करोड २६ लाख रुपैयाँ रहेको संस्थाले जानकारी गराएकाे छ ।

त्यस्तै, संस्थाले ३३ करोड ९५ लाख रुपैयाँ नाफा कमाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.