बजाज डोमिनार २५० नेपालमा सार्वजनिक, मू्ल्य ४ लाख ८९ हजार

  २०७७ पुष २६ गते ११:५६     विकासन्युज

काठमाडौं । बजाज मोटरसाइकलको आधिकारिक विक्रेता हन्सराज हुलासचन्द एण्ड कम्पनीले  नयाँ बजाज डोमिनार २५० नेपालमा लन्च गरेकाे छ । कम्पनीले ४ लाख ८९ हजार मूल्य पर्ने बजाज डोमिनार २५० नेपालमा लन्च गरेकाे हेा ।

क्यान्योन रेड र चार्कोल ब्ल्याक रंगमा उपलब्ध रहेको नयाँ बजाज डोमिनार २५० मा पहिलेको पावरफुल र लोकप्रिय स्पोर्टस मोटरसाइकल, बजाज डोमिनार ४०० मा रहेको थुप्रै विशेषताहरु राखिएको छ ।

यसको रोबष्ट क्लेमलाई सपोर्ट गर्नको लागि बजाज डोमिनार २५० मा २४८.७७ सीसी एफआइ इञ्जिनको पावर छ, जसले २७ पिएस र २३ ५ एनएाको पिक टक्र्यू जेनेरेट गर्छ । यसका साथै यसमा एकल–सिलेन्डर, लिक्यूड–कुल्ड, ट्यूनस्पार्क, ४–स्ट्रोक, ४–भ्याल्भ र डिवोएचसी छ । डोमिनार २५० मा १३२ किमि प्रति घण्टासम्मको स्पीड छ भने यो १०.५ सेकेण्डमा ०–१०० किमि प्रति घण्टाको स्पीडसम्म कुद्न सक्छ ।

यसको मोजेक आकारको डिजाइनको साथ रहेको फूल एलइडी हेडल्याम्प र (अटोम्याटिक हेडल्याम्प अन) प्रविधिले गर्दा यो बाइक सडकमा गुड्दा सबैको आँखा यसैमा हुन्छ । स्पेसक्राफ्टबाट प्रेरित ट्यांक प्याड डिकेल्स र ट्वीन–ब्यार्रेल एकजष्ट साँच्चै नै प्रभावकारी छ । चालकको आरामको लागि यस २०२० बजाज डोमिनार २५० मा बिम–टाइप पेरिमिटर फ्रेममा बनाइएको छ । यसको सेकेण्डरी डिस्प्लेलाई ट्रिपको टाइम र जानकारी प्रदान गर्ने हिसाबले तयार पारिएको छ ।

यसमा चालकको सुरक्षाको लागि लामो दूरीको यात्राको दौरान गेयरलाई सुरक्षित राख्ने काम सिटको मुनि बन्जी स्ट्राप्सले गर्दछ । यस बाइकमा सस्पेन्सन ड्यूटीको लागि टेलिस्कोपिक ३७ एमएम युएसडी फ्रन्ट फोर्कको साथ १३५ एमएम ट्राभल र पछाडिको ११० एमएम व्हील स्ट्रोकमा रहेको मल्टी–स्टेप एड्जस्टेबल मोनो–शक छ । यसमा १७ इन्चको ट्यूवलेस टायर्स छ । यसमा अगाडि ३०० एमएम डिस्क छ भने पछाडि २३० एमएम डिस्क छ । नयाँ बजाज डोमिनार २५० डुअल–च्यानल एबिएस मा पनि उपलब्ध छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.