ब्रिटिस कलेजमा बीएचएम विषयको पढाई सुरु

  २०७७ पुष २६ गते ११:३६     विकासन्युज

काठमाडौं । थापाथलीस्थित द ब्रिटिस कलेजले हस्पिटालिटी बिजनेश म्यानेजमेन्ट विषयको पढाईको सुरुवात गरेकाे छ । लामो समयदेखि गुणस्तरिय अन्तर्राष्ट्रिय शिक्षा प्रदान गर्दै आइरहेको ब्रिटिस कलेजले शुक्रबारबाट नयाँ विषय बीएसस्सी (हन्स) हस्पिटालिटी बिजनेश म्यानेजमेन्ट विषयको पढाई सुरु गरेको हो ।

शुक्रबार कलेजको हलमा भएको एक औपचारिक कार्यक्रममा कलेजका एशोसियट डिन अरुणलाल जोशी तथा व्यवस्थापक, कर्मचारी र शिक्षकहरुले नयाँ विषयको पढाईको औपचारिक सुरुवात गरेका हुन् ।

बिजनेश विषयको पढाइको लागि प्रतिष्ठित शैक्षिक संस्थाको रुपमा आफूलाई स्थापित गरेको कलेजले हस्पिटालिटी विषयमा पनि उदाहरण बन्ने विश्वास लिएको छ । चार वर्षको यो विषयको पढाईपछि विद्यार्थीहरु सिधै व्यवसायिक काममा प्रवेश गर्न सक्ने हुने कलेजले जनाएकाे छ ।

हस्पिटालिटी पछिल्लो समय विश्वकै सबैभन्दा धेरै रोजगारी भएको दोस्रो रोजगारी क्षेत्र हो । यस क्षेत्रमा हरेक वर्ष करिब ७० लाख जागिरको अवसर हुने अनुमान गरिएको छ । ब्रिटिस कलेजमा अध्ययन गर्ने विद्यार्थीहरुले पनि सैद्धान्तिक तथा प्रयोगात्मक शिक्षाको कारण सिधै यो क्षेत्रमा प्रवेश गर्न सक्नेछन् । जसको लागि कलेजले विद्यार्थीहरुले रोजेको हस्पिटालिटी तथा पर्यटन क्षेत्रहरु होटल, रिसोर्ट, केटरिङ, बैँक, पानीजहाज, उड्ययन लगायतको क्षेत्रको बारेमा भरपुर जानकारी दिनेछ जनाएकाे छ ।

सैद्धान्तिक र व्यवहारिक पढाईलाई उत्तिकै जोड दिइने यो विषयको पढाईको लागि बलेजले दक्ष तथा अनुभवी शिक्षकहरुको व्यवस्था गरेको जनाएकाे छ । त्यस्तै, प्रयोगात्मक कक्षाको लागि कलेजले अत्याधुनिक किचन, रेष्टुरेन्ट तथा रिसेप्सनको संरचना पनि तयार गरेको छ ।

त्यस्तै, ब्रिटिस कलेजमा यो विषयको अध्ययन गर्ने विद्यार्थीहरुले बेलायतको विश्वविद्यालयमा गएर पढाई सक्ने सुविधा समेत पाउनेछन् । बेलायतको पछिल्लो नियमानुसार यो विषयको पढाइ बेलायतमै थप दुई वर्ष गरिसकेपछि विद्यार्थीहरु दुई वर्षको लागि वर्किङ भिसा प्राप्त गर्न योग्य हुनेछन् । सो अवधिमा विद्यार्थीहरुले स्थायी काम पाएको खण्डमा उनीहरुले वर्किङ भिसाको अवधि पनि बढाउन सक्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.