चन्द्रागिरी हिल्सको आईपीओः पहिलो दिनमै मागभन्दा बढी आवेदन, कतिले भरे ?

  २०७७ पुष २४ गते १६:३५     विकासन्युज

काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडले जारी गरेको प्राथमिक सेयर(आईपीओ)मा पहिलो दिन नै मागभन्दा बढी आवेदन परेको छ । बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार दिउँसो साढे ३ बजेसम्ममा २ लाख ३१ हजार ८९२ जना आवेदकले ४७ लाख ९६ हजार ७ सय कित्ता सेयरको लागि आवेदन दिएका छन् ।

साे अवधिसम्ममा ४७ कराेड ९६ लाख ७० हजार रूपैयाँ बराबरकाे आवेदन परेकाे हाे । जुन संस्थाले सर्वसाधारणमा माग गरेको भन्दा ३.४३ गुणा बढी हो । मेराे सेयरकाे सफ्टवेयरमा समस्या आउँदा पनि कम्पनीकाे सेयरमा मागभन्दा बढी आवेदन परेकाे हाे ।

आज (पुस २४ गते) देखि १५ करोड ३४ लाख ९ हजार १०० रुपैयाँ बराबरको १५ लाख ३४ हजार ९१ कित्ता आईपीओ बिक्रीमा राखेकाे हाे । जसमध्ये ४ प्रतिशत अर्थात ६१ हजार ३६४ कित्ता सेयर कर्मचारीहरुको लागि र ५ प्रतिशत अर्थात ७६ हजार ७०५ कित्ता सामूहिक लगानी कोषहरुका लागि सुरक्षित गरेको छ । र, बाँकी रहेको १३ लाख ९६ हजार २२ कित्ता सेयरमा सर्वसाधारणमा निष्काशन गरिने छ ।

चन्द्रागिरी हिल्समा लगानी गर्दा उचित प्रतिफल पाइने, यस्ता छन् कम्पनीका भावी योजना

यससँगै इच्छुक आवेदकले १० कित्तादेखि अधिकतम १३ हजार ९६० कित्तासम्म आवेदन दिन सक्नेछन् । उनीहरुले पुस २४ गतेदेखि छिटोमा आगामी पुस २८ गतेसम्म आवेदन दिन सक्नेछन् । यदि उक्त मितिसम्म सेयर बिक्री नभएमा संस्थाले ढिलोमा माघ ९ गतेसम्म पनि आवेदन दिन पाउने व्यवस्था गरेको छ ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल रहेको छ । इच्छुक आवेदकले सि-आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोसेयर मार्फत आवेदन दिन सक्नेछन् ।

उक्त आईपीओ जारी पश्चात कम्पनीको चुक्ता पुँजी १ अर्ब ५३ करोड रुपैयाँ पुग्नेछ ।

कम्पनीले यसअघि आयोजना प्रभावित स्थानीयलाई प्रतिसेयर एक सय रुपैयाँको ३ लाख ६ हजार ८१९ कित्ता सेयर निष्काशन गरी बाँडफाँड समेत गरिसकेको छ । साथै, उक्त सेयर बाँडफाँड गर्दा सेयर हात पारेका स्थानीयले भने कम्पनीले जारी गर्न लागेको दोश्रो चरणको सेयरको लागि आवेदन दिन पाउने छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.