अब आन्तरिक राजस्व कार्यालयको कर इसेवाबाट भुक्तानी गर्न सकिने

  २०७७ पुष २४ गते १६:३६     विकासन्युज

काठमाडौं। अब करदाताहरूले आन्तरिक राजस्व कार्यालयको राजस्व इसेवादेखि नै भुक्तानी गर्न सक्ने भएका छन् । करदाताले आन्तरिक राजस्व विभाग अन्तर्गतका कुनैपनि राजस्व कार्यालयको भ्याट, सम्पती कर, व्यवसाय कर तथा अन्य शेवा शुल्क इसेवाबाटै बुझाउन सक्ने भएका हुन् ।

इसेवामा यो सेवा उपलब्ध भएसँगै राजस्व कार्यालयमा गएर लामो लाइन बस्नुपर्ने झन्झटबाट मुक्ति मिल्ने भएकाे छ । यस अनुसार इसेवा एकाउन्ट भएका करदाताले सहजै घरबाटै कर तिर्न सक्नेछन् भने इसेवा एकाउन्ट नभएका व्यक्तिले नजिकै रहेका इसेवा जोन तथा इसेवा पोइन्टबाट कर भुक्तानी गर्न सक्नेछन् । हाल यो सेवा इसेवाको वेब भर्जनमा मात्र उपलब्ध भएपनि निकट भविष्यमा सिधै मोबाईलबाट भुक्तानी गर्न सकिने सुविधा थप्ने कम्पनीले जनाएकाे छ ।

इसेवा मार्फत कर तिर्नका लागि सर्वप्रथम आन्तरिक राजस्व कार्यालयको वेवसाइटमा गएर करदाताको पोर्टलमा गइ बायाँ तर्फ रहेको जनरलमा क्लिक गरी ट्याक्स्पेयर लगइनमा क्लिक गर्नुपर्नेछ । त्यसपछि आफ्नो स्थायी लेखा नम्बर र पासवर्ड राखि पेमेन्ट भौचरमा क्लिक गरेपछि त्यसपछि रकम जम्मा हुने बैंकमा एभरेष्ट बैंक राखि आफुले बुझाउन चाहेको करको प्रकार, राजस्व शिर्षक र कर बापतको रकम उल्लेख गर्नुपर्नेछ । यस्ताे गरिसकेपछि आर्थिक वर्ष छनोट गरी जेनेरेट ट्रान्जेक्सन कोडमा क्लिक गर्नुपर्नेछ र उक्त ट्रान्जेक्सन कोड टिपेपछि इसेवामा क्लिक गरी इसेवाको वेभसाइट खोल्नु पर्नेछ । त्यसपछि फाइनान्सियल कम्प्टोलर जनरल अफिस मा क्लिक गरेर आफुले टिपेको ट्रान्जेक्सन कोड र रकम उल्लेख गरी कर भुक्तानी गर्न सकिनेछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.