आरएसडिसी लघुवित्तको लाभांश पारित, सञ्चालकमा दुई जना निर्वाचित

  २०७७ पुष २४ गते १४:१३     विकासन्युज

काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्थाको गत वर्षकाे प्रस्तावित लाभांश पारित भएकाे छ । पुस २४ गते बसेको संस्थाको वार्षिक साधारणसभाले सञ्चालक समितिकाे १२.६३ प्रतिशत लाभांश प्रस्तावलाई पारित गरेकाे हाे ।

यससँगै संस्थाका सेयरधनीले ९ प्रतिशत बोनस र ३.६३ प्रतिशत नगद(कर प्रयोजनको लागि समेत) गरी १२.६३ प्रतिशत लाभांश पाउने भएका छन् । उक्त लाभांश पुस ९ गतेसम्म कायम रहेका संस्थाका सेयरधनीले मात्र पाउने छन् ।

साथै, सभाले सर्वसाधारण सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने दुई जना सञ्चालकलाइ निर्वाचित गरेकाे छ । सभाले अमर डंगोल महर्जन र शान्ति प्रसाद उप्रेतीलाई सञ्चालक पदमा निर्वाचित गरेको हो ।

संस्थाको सातौं वार्षिक साधारणसभा आज (पुस २४ गते) बुटवलको एशियन होटलमा भर्च्युअल माध्यमबाट भएको थियो ।

सम्बन्धित समाचार

आरएसडिसी लघुवित्तले डाक्यो वार्षिक साधारणभा, बुक क्लोज कहिले ?
आरएसडिसी लघुवित्तले १२.६३ प्रतिशत लाभांश दिने, बाेनसदरमा वृद्धि

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.