तारागाँउ रिजेन्सी होटलले घोषणा गर्यो गत वर्षको लाभांश

  २०७७ पुष २४ गते १२:४७     विकासन्युज

काठमाडौं । तारागाउँ रिजेन्सी होटल्सले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । होटल्सले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई १० प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

पुस २३ गते बसेको सञ्चालक समितिको बैठकले कर सहित १० प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो । जसलाई कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले सो मात्राको नगद लाभांश पाउने छन् ।

हाल होटल्सको चुक्ता पुँजी एक अर्ब ८८ करोड रुपैयाँ रहेको छ । त्यसको १० प्रतिशत लाभांश कर सहितले १८ करोड ८३ लाख ६५ हजार ४ सय रुपैयाँ नगद लाभांश वितरण गर्ने भएको हो ।

प्रस्तावित लाभांश अघिल्लाे आर्थिक वर्षकाे तुलनामा २ प्रतिशतले कम हाे । हाेटल्सले अघिल्लाे आर्थिक वर्ष २०७५/७६ काे नाफाबाट सेयरधनीलाई १२ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.