सबै वडामा विद्युत पुर्याएका छौं, महामारीको बेलामा रेडियोबाट पढायौंः अध्यक्ष बाेहाेरा

  २०७७ पुष २३ गते १७:५६     विकासन्युज

बागमती प्रदेशको सिन्धुली जिल्लामा पर्ने एउटा सुन्दर गाउँपालिका हो सुनकोशी गाँउपालिका । कृषि उत्पादन तथा पर्यटकीय गन्तव्यका रुपमा चर्चित सुनकोशी गाउँपालिका प्राकृतिक रुपमा भित्री मधेशाको समथर भुमिदेखि पहाडी भुभाग पनि रहेको छ । यो गाँउपालिका प्रकृतिक सुन्दरता एवं एतिहासिक दृष्टिले महत्वपूर्ण स्थान हो । यो गाँउपालिका काठमाडाैंबाट करिब १५० किलेमिटर पूर्वमा रहेको छ । विश्वव्यापी महामारी कोरोना भाइरस सक्रमणबिरुद्ध लड्न के-कस्ता पहल भएको छ ? कोरोनाले शैक्षिक क्षेत्रमा कस्तो असर पु¥यायो ? रोजगारी अवसर युवालाई कसरी सिर्जना भइरहेको भन्नेलगायतका विषयमा सो गाउँपालिकाका अध्यक्ष दिपा बाेहोरासँग विकासन्युजका लागि राजिब न्यौपानेले कुराकानी गरेका छन्ः

कोरोना भाइरसको संक्रमणविरुद्ध लड्न गाँउपालिकाले के-कस्ता पहलहरु गरेको थियो ?

संक्रमण रोक्न गाँउपालिकाले सरोकारवाला पक्षहरुसँग मिलेर विश्व स्वास्थ्य संगठन तथा नेपाल सरकार (संघीय सरकार) ले बनाएका स्वास्थ्य मापदण्ड बनाएर लागू गरियो । नेपालमा पनि संक्रमण फैलिन लागेपछि हामीले गाँउपालिकाको कार्यक्षेत्रभित्र विभिन्न सूचना प्रकाशन गर्नेलगायतका पहल गरेर जनचेता अभिबृद्धि गरेका थियौं ।

कोरोना भाइरस विरुद्ध लड्नको लागि गाँउपालिकाले क्वारेन्टिन, आइसोलेसन सेन्टरहरु बनाएका थियौं । तेस्रो मुलुक तथा भारतबाट आउनेहरुको तथ्यांक संकलन गरेर क्वारेनटाइनमा राखेर व्यावस्थापन गरेको थियो । गाँउपालिकामा रहेको सबै स्वास्थ्यकर्मीहरुलाई परिचालन गरका छांै । कोरोना भाइरस नियत्रणको लागि हामीले गाँउपालिकामा रहेका ४९ जाना स्वास्थ्यकर्मीहरु परिचालन गरेका थियौं । गाँउपालिकको क्वारेन्टाइनमा बस्ने लगभग २ सय जना थिए । क्वारेनटिनमा बस्ने ५ जनालाई कोरोना भाइरस संक्रमण पनि भएको थियो । अहिले सबै जना निको भइसकेका छन् ।

केही संक्रमितलाई भोन्टिलटरमा राख्नु पर्ने अवस्था थियो । गाँउपालिकामा भेन्टिलेटरको अभावले नजिकैको धुलिखोल अस्पताल पठाएका थियौं । गाँउपालिकामा २ वटा आइसोलेसन सेन्टर मात्रै थियो । आइसोलेसनको कमीले गर्दा हामीले नजिकैको जिल्लामा काभ्रेमा रहेको धुलिखेल अस्पताल पठाएका थियौं ।

कोरोना भाइसकले शैक्षिक क्षेत्रमा कस्तो असर पुर्यायो, हालको शैक्षिक अवस्था कस्तो रहेको छ ?

कोरोना भाइरसले शैक्षिक क्षेत्रमा ठुलो असर पु¥याएको छ । हाम्रो गाँउपालिकामा जम्मा ६ हजार विद्यार्थी तथा ४ सयको हाराहारीमा शिक्षक छन् । गाँउपालिकामा इन्टरनेटको पहुच कमी भएकोले अनलाइन कक्षाहरु संचालन गर्न सकेनौं । तर, कोरोनाको समयमा विद्यार्थी स्कुल जान नपाए पनि रेडियो मार्फत सिकाई प्रक्रियालाई निरन्तरता दियौं । टोलटोलमा पढाउनको लागि शिक्षक परिचालन गर्यौं । शिक्षकहरुले टोल टोलमा गएर विद्यार्थीलाई जम्मा गराएर गृहकार्य दिने काम गरेका थिए ।

हाल गाँउपालिकामा सबै विद्यालयहरुको पठन पाठन सबै संचालन भइसकेको अवस्था छ । पालो पालो गरेर विद्यार्थी बोलाएर अहिले विद्यालय संचालन गरेको छाैं । विद्यालयमा धेरै विद्यार्थी हुने भएकोले र कोरोना भाइरस संक्रमण हुन सक्ने भएकाले विद्यार्थीलाई पालो पालो गरेर पढाइरहेका छाैं । अहिले सिकाई प्रक्रिया संचालन भइरहेको छ ।

गाँउपालिकाले युवालाई रोजगारीको सिर्जना कसरी गरिरहेको छ ?

युवाहरुलाई रोजगारी दिनको लागि विभिन्न कार्यक्रमहरुको योजना तर्जुमा गरी कार्यान्वयन गरेका छौं । कुनै पनि व्याक्तिले आफ्नै गाउँठाउँमा केही गरेर बस्छु रोजगारी बस्छु भन्छ भने गाँउपालिकाले उसको योजना अनुसारको सुलव व्याजमा ऋण दिने व्यवस्था मिलाएको छ । कुखुरा, बाख्रा पाल्नेहरुलाई २ देखि ४ लाख रुपैयाँसम्म रकम ऋण दिने गरेको छ । यसका लागि राष्ट्रिय वाणिज्य बैंकसँग बिनाधितो सहुलियत व्याजदरमा ऋण उपलव्ध गराउने सम्झौता भएको छ । महिलाहरुको लागि यो ऋण १.७८ प्रतिशत व्याजदर पर्ने छ भने पुरुषलाई २.७८ प्रतिशत छ ।

कृषि क्षेत्रको विकासका लागि के-कसरी काम गर्दै आउनु भएको छ ?

हामीले कृषि र पशुपालन क्षेत्रको विकासका लागि धेरै काम गर्दै आएका छौं । कृषि पाठशालाबाट कृषकहरुलाई उन्नत खेती कसरी गर्ने, व्यावसायिक खेती कसरी गर्ने भन्ने विषयमा तालिम प्रदान गरिन्छ । हामीले अनुदानका विभिन्न कार्यक्रम ल्याएका छौं । सस्तो ब्याज दरमा ऋण उपलब्ध गराउने योजना छ । विशेष गरेर हामीले तरकारीे, पशुपालन, फलफूलको, अलैची, किवीखेती पकेट क्षेत्र छुट्याएर किसानहरुलाई सहयोग गर्ने कार्यक्रम ल्याएका छौं ।

गाँपालिकाले निःशुल्क विउ विजनहरु वितरण गर्दै आएको छ । रासयनिक मलको अभावले अर्गानिक मलको प्रयोग गर्ने र रासायनिक मलको अन्त्य गर्ने कार्यक्रमहरु गाँउपालिकालले अगाडी बढाइरहेको छ । किसानहरुलाई सुलभ ऋण उलब्ध गराउनको लागि राष्ट्रिय बाणिज्य बैंकसँग सम्झौता गरेका छौं । कृषि र पशुपालनको लागि गाँउपालिकका वार्षक १/१ करोड रुपैयाँ बजेट पनि छुट्टयाएको छ ।

तपाईंको गाउँपालिकामा सर्वसाधारणहरु प्रायः कस्ता समस्याहरु धेरै लिएर आउने गरेका छन् ?

हाम्रो गाँउपालिकाममा सिंचाईको अभाव धेरै छ । यस्ता समस्याहरु आउने गरेका छन् । यस्तै, महिलासँग सम्बन्धित मुद्दा धेरै आउने गरेको छन् । आएका समस्याहरुलाई गाउँपालिकाको स्तरबाट समाधान गर्न सकिने अवस्था भए तत्काल गर्ने र हाम्रो प्रयत्नबाट मात्रै सम्भव भएन भने सम्बन्धित निकायसँग समन्वय गर्ने गराउने काम गरिरहेका छौं ।

तपाइको कार्यकालमा गाँउपालिकालाई कस्तो बनाउने योजना छ ?

मेरो कार्यकालमा गाँउपालिकालाई अरु गाँउपालिकाभन्दा विकसित बनाउने योजना छ । मेरै कार्यकालमा गाउँपालिकाको सबै वडाहरुमा विद्युत पुर्याउन सफल भइएको छ । सबै विद्यालय भवनहरु भुकम्प प्रतिरोधी बनाउने, गुणस्तरीय शिक्षाको प्रबन्ध गर्ने योजना मेरो छ । सबै वडाहरुको सडकलाई कालोपत्रे गर्ने योजना पनि बनाएका छौं । र, हामीले जनतासँग गरेको प्रतिवद्धता पूरा गरेरै छाड्ने छौं ।

कस्तो किसिमको योजानालाई प्रथमिकतामा राखेर काम गरिरहनु भएको छ ?

हामीले बिद्युत, खानेपानी, यातायात, स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राखेका छौं । विकास आयोजना र कार्यक्रमहरु छनोट र कार्यान्वयन गर्दा बढीभन्दा बढी जनतालाई कसरी लाभ दिन सकिन्छ भन्ने अवधारणालाई केन्द्रमा राखेर काम गर्छाैं । यस्तै, जनताका जनजिविकासँग सम्बन्धी र दैनिक समस्या समाधान नै हाम्रो पहिलो प्राथमिकता हो, त्यसै अनुसार काम गरिरहेका छौं । हामीले दीर्घकालिन महत्वका योजना र कार्यक्रमलाई पनि केन्द्रमा राखेर योजना तर्जुमा र कार्यान्वयन गरिरहेका छौं ।

आफ्नो गाँउपालिका भित्रका पर्यटकीय क्षेत्रको प्रचार प्रसार कसरी गरिरहनु भएको छ ?

हामीले पर्यटकीय क्षेत्रको प्रचार प्रसार गरिरहेका छाैं । गाँउपालिका क्षेत्रभित्रको सांस्कृतिक, धार्मिक पर्यटन क्षेत्रमा प्रारम्भिक चरणको काम सकेको छांै । यो गाँउपालिका आफैमा एक पर्यटकीय क्षेत्र पनि हो । गाँउपालिकाको तलतिर सुनकोशी बगिरहेको छ । माथितिर महाभारत लेक छ । माहाभारतमको एउटा छुटै पहिचान र अस्तित्व छ । पर्यटनको लागि भनेर मात्र बजेट छुट्टयाइएको छैन । तर, पदयात्रा मार्ग बनाउनको लागि वडाहरुलाई नै जिम्मेवारी दिएको छ । पर्यटनको हिसावले महत्वपूर्ण हुने गन्तव्यहरु सुनकोशीमा र्याफटिङ्ग, गाँउपालिका भित्र रहेका विभिन्न धार्मिक क्षेत्र घुम्न पर्यटकहरुले बढि रुचाउने गरेका छन् । यस्ता क्षेत्रको विकास, प्रबद्र्धन र प्रचार प्रसारको लागि गाउँपालिकाले सक्दो र नेतृत्वदायी पहल गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.