प्याेर ईभीको दुई ईलेक्ट्रिल स्कुटर बजारमा, यस्ताे छ मूल्य

  २०७७ पुष २३ गते १२:००     विकासन्युज

काठमाडौं । वाहईट लाेटस मोटर्सले प्याेर ईभी ब्राण्डको भारतीय स्कुटर नेपालमा लन्च गरेको छ । वाईट मोटर्सले प्याेर इभीको इप्लुटो सेभेनजी र ईट्रान्स निवो लन्च गरेको हो ।

प्युर इभी आइआइटी हैदरबादले भारतको हैदारबादमा बनाएको ईलेक्ट्रिकल स्कुटर हो । वाईट मोटर्सले प्याेर इभीको इप्लुटो सेभेनजी र ईट्रान्स निवो लन्च गरेको हो । यी स्कुटर नयाँ पुस्ताका स्कुटर हुन् जसलाई आईसिटीले स्वीकृति दिएको छ । यसलाई नेपाली ग्राहक र सडकलाई ध्यानमा राखेर डिजाइन गरिएको कम्पनीले जनाएको छ ।

यी दुवै स्कुटरमा २२०० वाटको मोटर र ६० भी र ४० एएचको रिमुमेभल लिथियम आवोएन ब्याट्रि रहेको छ जसलाई हरेक ४ घण्टामा चार्ज गर्न सकिन्छ । यसको प्रतिघण्टा ६० किलोमिटर दौडन सक्ने क्षमता रहेको छ ।

इप्लुटो सेभेनजीको मूल्य २ लाख ४९ हजार रुपैयाँ रहेको छ भने ईट्रान्स निओको मूल्य २ लाख २९ हजार रुपैयाँ रहेको छ । नयाँ वर्षको अवसरमा कम्पनीले यी दुवै स्कुटरमा २५ हजार रुपैयाँ बराबरको छुट दिने भएको छ । कम्पनीले दुवै मोडलको स्कुटरमा १५ हजार रुपैयाँ छुट र थप १० हजार बराबरको स्कुटरको सामान दिने जनाएको छ ।

प्याेर ईभी स्कुटर चलाउँदा एकजना व्यक्तिले वार्षिक ५० हजार बराबारको पेट्रोल खर्च बचाउनुको साथै पम्पमा बस्ने लाइनबाट पनि समय बचाउन सक्ने कम्पनी बताउँछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.