बिहिबार एकैदिन १३०० रुपै‌याँले घट्याे सुनकाे मूल्य

  २०७७ पुष २३ गते ११:१९     विकासन्युज

काठमाडाैं । निरन्तर उकाले लागिरहेकाे सुनकाे मूल्य बिहिबार एकैदिन १३०० ले घटेकाे छ । बुधबार प्रतितोला ९६ हजार ७ सय रुपैयाँमा काेराेबार भएकाे सुन बिहिबार ताेलाकाे ९५ हजार ४ सय रुपैयाँ पुगेकाे हाे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य घट्दा तेजाबी सुनको मूल्य पनि घटेकाे छ । बुधबार ९६ हजार २ सय रुपैयाँमा कारोबार भएकाे तेजाबी प्रतितोला १३ सयले घटेर ९४ हजार ९ सय रुपैयाँ पुगेकाे छ ।

महासंघका अनुसार आज चाँदीको मूल्य भने १० रुपैंयाले घटेर १३३० रुपैयाँ पुगेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.