ज्योति लाईफ इन्स्योरेन्सले ल्यायाे नयाँ याेजना, प्रत्येक वर्ष समान बीमाशुल्क तिर्नु नपर्ने

  २०७७ पुष २२ गते १७:३४     विकासन्युज

काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्स कम्पनीले ‘ज्योति ईजी पे’ जीवन बीमा योजना बजारमा ल्याएको छ । प्रत्येक वर्ष समान बीमाशुल्क तिर्नुपर्ने अवस्थालाई अन्त्य गर्दै कम्पनीले उक्त योजना बजारमा ल्याएको हो ।

उक्त योजनाको उद्घाटन कम्पनीको उच्च पदाधिकारीहरुको उपस्थितिमा सञ्चालक समितिले गरेका हुन् । प्रथम बीमाशुल्क पछि कम मात्र बीमाशुल्कमा यस योजनाले पूर्ण जोखिम बहन गर्नुको साथै राम्रो प्रतिफल पनि प्रदान गर्दछ ।

प्रत्येक वर्ष ठुलो बीमा शुल्क बुझाउनु पर्ने अवस्थाबाट मुक्त पार्दै तयार पारिएको यस योजनामा प्रत्येक वार्षिकोत्सवमा भुक्तानी हुने बीमाङ्कको ५ प्रतिशत रकम दोस्रो वर्षदेखिको नवीकरण बीमाशुल्कमा मिलान गरि कम बीमाशुल्कमा नै बीमालेख जारी हुने व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।

जनचाहाना अनुरुपको योजनाहरु बजारमा ल्याएको कम्पनीले आगामी दिनहरुमा पनि निरन्तर्ता दिने इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश बिक्रम खत्रीले बताए ।

आईएसओ ९००१ः२०१५ गुणस्तार चिन्ह प्रमाण पत्र प्राप्त यस कम्पनीले चाँडै नै ६६ करोड रुपैयाँ बराबरको सेयर सर्वसाधारणको लगि निष्कासन गर्ने तयारीमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.