प्राइम लाइफ इन्स्योरेन्सले ४ दिनमै हस्तान्तरण गर्याे मृत्यु दाबी रकम

  २०७७ पुष २२ गते १७:१६     विकासन्युज

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले चार दिनमै मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले स्वर्गीय प्रेम बहादुर क्षेत्रीको परिवारलाई जीवन बीमा बापतको मृत्यु दाबी भुक्तानी रकम कागजात पुरा भएको ४ दिनमा हस्तान्तरण गरेको हो ।

स्वर्गीय क्षेत्री अर्घाखाँचीको सितापुरमा स्थायी घर भई सन्धिखर्क न.पा. १,मा इलेक्ट्रोनिक्स व्यवसाय गर्दै आएका थिए । उनको कोरोना कोभिड १९का कारण युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचारकै क्रममा मंसिर ३ गते मृत्यु भएको थियो । मृत्यु पश्चात निजकी श्रीमती केसरा क्षेत्रीले मंसीर २४ गते कम्पनीमा निवेदन दिएकी थिइन् र आवश्यक सम्पूर्ण कागजात पुस १६ गते पुरा गरेकी थिइन् ।

उनले प्राइम लाइफ इन्स्योरेन्स कम्पनीमा दुई लाख एक हजार रुपैयाँको बीमा गरेका थिए । उनले कम्पनीमा ३ किस्ता बापत ४९ हजार रुपैया मात्र बुझाएका थिए । उनको मृत्यु पश्चात मृत्यु दाबी भुक्तानी वापतको रकम दुई लाख ३७ हजार ९ सय ८४ रुपैयाँ मध्ये निजको यस वर्षको किस्ता रकम भुक्तानी नगरेकोले सो बापतको रकम १६ हजार ३५२ रुपैया कट्टा गरी बाँकी दुई लाख २१ हजार ६ सय ३२ रुपैयाँ मात्र कम्पनीले मृतककी श्रीमती केसरा क्षेत्रीको बैंक खातामा पुस २० गते सिधै भुक्तानी गरेको कम्पनीको अर्घाखाँची कार्यालयका प्रमुख नारायण घिमिरेले जानकारी दिए ।

कार्यक्रममा बोल्दै प्रमुख घिमिरेले उत्कृष्ठ जीवन बीमा सेवालाई शिरोधार्य गर्दै ग्राहकलाई जीवन बीमा सेवामा खुशी र सन्तुष्टि कम्पनीको प्रमुख दायित्व हो र प्राइम लाइफ इन्स्योरेन्सले छिटो, छरितो, सरल, सहज र उत्कृष्ठ बीमा सेवा प्रदान गर्दै आएको बताए ।

दावीकर्ताले कम्पनीमा आवश्यक कागजात पुरा उपलब्ध गराएमा बीमा कम्पनीहरुले सहजै भुक्तानी गर्ने बताएका थिए । उक्त कार्यक्रममा दावी भुक्तानी प्राप्त गरेकी क्षेत्रीले यो रकमबाट बाँकी जीवन बालबच्चाको अध्ययन र भविष्यका लागी लगाउने बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.