थ्रिकम केयर कम्पनीले १५ जनालाई निःशुल्क तालिमको दिने: २ लाख रुपैंयाँसम्म कमाउने मौका

  २०७७ पुष २२ गते ९:५०     विकासन्युज

काठमाडौं । थ्रिकम केयरले १५ जना युवालाई रोजगारीको अवसर सिर्जना गर्दैछ । काठमाडौंको पिपुल्स प्लाजास्थित थ्रिकम केयरले मोबाइल, ल्यापटप, हार्ड डिस्क जस्ता सामान रिपेयरिङको क्षेत्रमा विगत ७ वर्षदेखी काम गर्दै आएको छ । यस कम्पनिले १५ जना युवालाई नि:शुल्क तालिम प्रदान गरेर रोजगारी प्रदान गर्न लागेको हो ।

स्वदेशमै काम गर्न इच्छुकहरुका लागी थ्रिकम केयरले विशेष प्याकेजको घोषणा गरेको छ । मोबाइल, ल्यापटप, हार्ड डिस्क जस्ता सामान रिपेयरिङमा रुचि राख्नेहरुले यो प्याकेजको फाइदा लिन सक्नेछन् । थ्रिकम केयरका सञ्चालक विपिन जयसवालका अनुसार पहिलो चरणमा १५ जना युवालाई एक वर्षसम्म विशेष कोर्षको तालिम प्रदान गरिनेछ । जसमा बिग्रिएका मोबाइल, ल्यापटप, हार्ड डिस्क जस्ता सामान रिपेयरिङको विषयमा प्राविधिक ज्ञान दिईने छ । तालिमपश्चात् थ्रिकम केयरले १५ जना युवालाई आफ्नै कम्पनिमा रोजगारी प्रदान गर्नेछ । कामदारको क्षमता अनुसार १० हजार देखी २ लाख रुपैंयासम्म तलब दिने सञ्चालक विपिन जयसवालले बताएका छन् ।

थ्रिकम केयर मोबाइल, ल्यापटप, हार्ड डिस्क जस्ता सामान रिपेयरिङको क्षेत्रमा आफ्नै पहिचान बनाउन सफल कम्पनि हो । हाल यस कम्पनिले मोबाइल, ल्यापटपका अत्यावश्यक सामग्रीहरु बिक्रि, वितरण पनि गर्दै आएको छ । यस कम्पनिले काठमाडौं उपत्यकाभित्र फ्रि पिकअप, फ्रि डेलिभरी सुविधा प्रदान गर्दै आएको छ । छिटै नै मुलुकका प्रमुख शहरमा फ्रेन्चाइज खोल्ने तयारी गरिरहेको यस कम्पनिले विभिन्न जिल्लामा शाखा बिस्तार गर्ने योजना बनाईरहेको छ ।

बिग्रिएका मोबाइल, ल्यापटप, हार्ड डिस्क रिपेयरिङमा रुचि भएका इच्छुकले माघ १५ सम्म आवेदन दिन सक्नेछन् । देशभरबाट आएका निवेदनबाट अन्तरवार्ताका माध्यमबाट १५ जनालाई छनौट गरिने छ । ‘उद्यमि बन्ने, आत्मनिर्भर बन्न चाहने र स्वदेशमै केही व्यवसाय गर्ने गहिरो रुचि भएकालाई विशेष प्राथमिकता दिनेछौं ।’ सञ्चालक बिपिन जयसवालले विकास न्युजसँग भने ।

यसबारे बिस्तृत जानकारीका लागी थ्रिकम केयरको फोन नम्बर, वेवसाइट र सामाजिक सञ्जालमार्फत सम्पर्क गरेर बुझ्न सक्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.