काठमाडौंमा आइटी करियर कनक्लेभ आयोजना हुँदै, सहभागी हुन अनलाइनबाट नाम दर्ता गर्नुपर्ने

  २०७७ पुष २१ गते १७:४३     विकासन्युज

काठमाडाैं । सञ्चार तथा सूचना प्रविधिको मानव जीवनमा पार्ने प्रभाव र प्राविधिक उद्यमशिलताको अवस्थाको विषयमा केन्द्रीत पिबिएस आइटी करियर कनक्लेभ काठमाडौंमा आयोजना हुने भएको छ । लिभिङ विथ आइसिटी र प्रेसिडेन्सीयल विजनेस स्कुलको संयक्त आयोजनामा आगामी शनिबार र आइतबार(पुस २५ र २६ गते) पिबिएस आइटी करियर कनक्लेभ हुने भएको हो ।

मंगलबार पत्रकार सम्मेलन आयोजना गरी कनक्लेभका कार्यक्रम संयोजक पारस डोटेलले आइटी क्षेत्रको विकास र प्रवद्र्धनका लागि कनक्लेभ आयोजना गरिएको बताए । दुई दिनसम्म सञ्चालन हुने कनक्लेभमा आइटी क्षेत्रका २० जना भन्दा बढी विज्ञहरुले आफ्ना धारणा प्रस्तुत गर्नेछन् ।

कार्यक्रममा विभिन्न पाँच विषयका सेसनहरु सञ्चालन हुनेछन् । प्रेसिडेन्सियल विजनेस स्कुलमा आयोजना हुने कार्यक्रममा सूचना प्रविधि क्षेत्रमा करियर बनाउन खोजिरहेको विद्यार्थी तथा शिक्षकहरुले सहभागिता जनाउन सक्नेछन् ।

त्यसैगरी कार्यक्रमको दोस्रो दिन पुस २६ गते बिहान ११ बजेदेखि १२ बजेसम्म ‘कनेक्टिङ ट्यालेन्ट्स विथ ग्लोबल अपर्चुनिटी’ विषयमा पहिलो सेसन सञ्चालन हुनेछ । त्यसैगरी सोही दिन नै साढे १२ बजेदेखि साढे १ बजेसम्म ‘आइटी ग्रोथ इन नेपाल नेक्स्ट टेन इयर्स’ विषयमा अन्तिम सेसन सञ्चालन हुनेछ । कार्यक्रममा विभिन्न विज्ञहरु ‘कि नोट स्पिकर’को रुपमा पनि रहनेछन् ।

प्रेसिडेन्सियल विजनेश स्कुलको प्राङ्गडमा आयोजना हुने कार्यक्रम विभिन्न अनलाइन, सोसियल मिडियामा प्रत्यक्ष प्रशारण हुनेछ । कार्यक्रममा आमन्त्रित अतिथी र पञकारहरु प्रत्यक्ष उपस्थित हुन सक्ने व्यवस्था मिलाईएको छ भने अन्य सहभागिले जुम मार्फत सहभागी जनाउनुपर्नेछ ।

अन्तराष्ट्रिय स्तरमा रहेका केहि वक्ताहरु भने भर्चुअल माध्यमबाट प्यानल डिस्कसरनमा सहभागी हुनेछन् । कार्यक्रममा सहभागिता जनाउनको लागि अनलाईन मार्फत नाम दर्ता गर्नुपर्नेछ । सूचना प्रविधि क्षेत्रका सरोकारवाला, आइटीमा करियर बनाउन खोजिरहेका विद्यार्थी र शिक्षकहरुको लागि पनि यो कार्यक्रम महत्वपूर्ण हुने विजनेश स्कुलका कार्यकारी निर्देशक लक्ष्मण केसीले बताए ।

प्रेसिडेन्सियल विजनेशले स्कुल विगत एक दशकदेखि अमेरिकन विश्वविद्यालय सँगको पाटनरसिपमा विजनेश डिग्रीहरु(बीबीए र एमबीए) सञ्चालन गर्दै आइरहेको छ । प्रेसिडेन्सियल विजनेशले स्कुलले स्कुल अफ टेक्नोलाजी अन्तरगत नेपालमा नै पहिलोपटक अमेरिकन विश्वविद्यालयकै पाटनरसिपमा यसै वर्षदेखि ब्याच्लर(बीएससीआईटी) र मास्टर्समा (एमएससीआईसी) प्रोग्रामहरु सञ्चालन गर्न लागिरहेको छ । व्यवसायीक र समयअनुकुल शिक्षामा जोड दिँदै आएको कलेजले विभिन्न सेमिनार, कन्फ्रेन्सहरु पनि आयोजना गर्दै आइरहेको छ । कलेजले इन्नोभेसन तथा उद्यमशिलताको विकासका लागि कलेजमा इन्नोभेसन सेन्टरको पनि स्थापना गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.