शिखर इन्स्योरेन्सले घाेषणा गर्याे गत वर्षकाे लाभांश

  २०७७ पुष २१ गते ११:०२     विकासन्युज

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई २९.२३१ प्रतिशत लाभांश वितरण गर्ने घोेषणा गरेको हो ।

पुस २० गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले सेयरधनीलाई गत आवको नाफाबाट चुक्ता पुँजीको २७.७६९ प्रतिशत बोनस र १.४६२ प्रतिशत नगद लाभांशमा लाग्ने कर प्रयोजनको लागि) गरी कूल २९.२३१ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

आर्थिक वर्ष २०७७/७८ मा कम्पनीले हकप्रद सेयर जारी गरी चुक्ता पुँजी एक अर्ब ३७ लाख रुपैयाँ पुर्याएको छ । सो अनुसार कम्पनीले कूल २९.२३१ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

यसअघि कम्पनीले ३६.१ प्रतिशत बोनस र १.९ प्रतिशत नगद गरी कूल ३८ प्रतिशत लाभांश प्रस्ताव गरेको थियो । कम्पनीले २०७७ असार मसान्तमा कायम चुक्ता पुँजी एक अर्ब ५ करोड रुपैयाँको सो मात्राको लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

तर पछि हकप्रद जारी गरे पश्चात चुक्ता पुँजी एक अर्ब ३७ लाख रुपैयाँ पुगेकाेले कम्पनीले सोही अनुसार अर्थात कूल २९.२३१ प्रतिशत लाभांश वितरण गर्ने भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.