नेपालमा बग बाउन्टी प्लेटफर्म ‘बगभी’ सञ्चालन, साइबर सुरक्षामा योगदान दिने

  २०७७ पुष २० गते १६:१६     विकासन्युज

काठमाडौं । एथिकल ह्याकरहरूलाई खुसीको खबर छ । साइबर सुरक्षामा चासो राख्ने र यसबारे अनुसन्धान गर्नेहरूलाई नेपालमा बग बाउन्टी प्लेट फर्म ‘बगभी’ को सूरुवात भएको छ । साइबर सुरक्षा सेवालाई सस्तो र सर्वसुलभ बनाउन साइनिकल टेक्नोलोजीले नेपालमै पहिलो पटक ‘बगभी’ को सञ्चालन गरेको हो । एथिकल ह्याकर र साइबर सुरक्षा अनुसन्धानकर्ताहरूले कुनै पनि कम्पनि, त्यसको सिस्टम र सफ्टवेयरको जोखिमका बारेमा समस्या पत्ता लगाएर रिवार्ड पनि प्राप्त गर्न सक्नेछन् ।

साइनिकल टेक्नोलोजीका सिइओ नरेश लाम्गादेका अनुसार यसलाई नेपालमा मात्र सिमित नगरेर विश्वमै बिस्तार गर्ने योजना छ । कुनै प्लेटफर्ममा बग फेला परेमा एथिकल ह्याकरले बगभीमार्फत रिपोर्ट गर्न सक्नेछन् । त्यही बगका आधारमा ह्याकरहरुले निश्चित रकम रिवार्ड पनि प्राप्त गर्नेछन् । यसरी रिवार्डबापतको पैसा इसेवा, फोनपेमार्फत दिलाउने व्यवस्था मिलाइएको छ । हालसम्म बगभीमा ६ वटा कम्पनीहरू सूचिकृत भइसकेका छन् । आफ्नो प्लाटफर्ममा बग भए, नभएको पत्ता लगाउन उनीहरू सूचिकृत भएका हुन् । सिइओ लाम्गादेका अनुसार यसमा अन्य कम्पनिहरूले पनि चासो दिएका छन् ।

ह्याकरहरूका कारण विभिन्न कम्पनिका वेवसाइट, सफ्टवेयर तथा यसको प्रणालीमा जहिल्यै खतरा भईरहन्छ । यस्तो अवस्थामा एथिकल ह्याकर र अनुसन्धाकर्ताहरूले समस्यामा आइ पर्ने बग पत्ता लगाउन र त्यो समस्या समाधान गर्न भूमिका खेल्ने गर्छन् । कुनै प्लेटफर्ममा बग फेला परेमा एथिकल ह्याकरले बगभीमार्फत रिपोर्ट गर्न सक्नेछन् ।

हाल बग फेला पारेको अवस्था सम्बन्धित कम्पनी तथा प्लेटफर्मसँग सिधै सञ्चार गर्ने उपयुक्त माध्यम नहुँदा डेटा ब्रिच तथा लिकका घटना भइरहेका छन् । ‘अब त्यो समस्या समाधानका लागी साइनिकल टेक्नोलोजीले भूमिका खेल्ने छ ।’ सिइओ नरेश लाम्गादे भने ।

साइनिकल टेक्नोलोजीले सरकारी निकाय, विभिन्न निजि तथा सार्वजनिक संघ, संस्थाहरुलाई सेवा प्रदान गर्ने बताएको छ । तर, साइबर सुरक्षा अनुसन्धानकर्ताहरुको हकमा भने त्यो नियम लागु हुने छैन । संसारभर जहाँसुकैबाट अनुसन्धानकर्ताहरुले नि:शुल्क बगभी प्लेटफर्ममा जोडिन सक्नेछन् । सेवाग्राहीले कम्पनिलाई निश्चित शुल्क तिर्नु पर्नेछ ।

बग बाउन्टीलाई भल्नेरेबिलिटि रिवार्डस् प्रोगाम (भिआरपी) पनि भनिन्छ । संसारमा धेरैजसो सफ्टवेयर भेन्डर्स र वेवसाइटले बग बाउन्टी प्रोगाम सूरू गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.