बैंक अफ काठमाण्डूका ग्राहकलाई साक्को रिसोर्टमा १० प्रतिशत छुट

  २०७७ पुष २० गते १२:०४     विकासन्युज

काठमाडौं । बैंक अफ काठमाण्डूका ग्राहकले साक्को रिर्सोटमा छुट पाउने भएका छन् । बैंक र साक्को रिसोर्टबिच भएको सम्झौता अनुसार बैंकको डेबिट कार्ड तथा क्रेडिट कार्डको माद्यमबाट भुक्तानी गर्दा बैंकको ग्राहकले रिर्सोटमा १०% छुट पाउनेछन् ।

उक्त सम्झौतामा बैंकका साँखु शाखा कार्यालयका शाखा प्रबन्धक बैकुण्ठ कुमार सैंजु र साक्को रिसोर्टका प्रमुख श्रीबन्त लाल श्रेष्ठले हस्ताक्षर गरेका थिए ।

साक्को रिसोर्टले काठमाण्डौं जिल्लाको साँखुबाट सेवाग्राहीहरुलाई गुणस्तरीय सेवा तथा सुबिधाहरु प्रदान गर्दै आईरहेको छ । बैंक अफ काठमाण्डूले ९१ शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरुलाई बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.