नाडा र वाडाबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न, मिलेर अगाडी बढ्ने

  २०७७ पुष १९ गते १४:१८     विकासन्युज

काठमाडौँ । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल(नाडा) र पश्चिमाञ्चल अटोमोवाइल डिलर्स एशोसिएशन(वाडा)बीच शनिबार पोखरामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

सो कार्यक्रममा नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले नाडाले गरेको हरेक गतिविधिहरु प्रदेश स्तरीय एशोसिएशनहरुलाई जानकारी हुनुपर्ने र प्रदेश स्तरीय एशोसिएशनहरुको गतिविधिहरु पनि नाडालाई जानकारी हुनु पर्ने कुरामा जोड दिए । यसैक्रममा नाडाले सवै प्रदेश स्तरीय एशोसिएशनहरुमा पनि प्रशिक्षण कार्यक्रमहरु सम्पन्न गर्दै लैजाने लक्ष्य लिएको बताए ।

अहिलेको विधानमा सबै प्रदेशहरुलाई समावेश गरी थप सशक्त बनाउने प्रयास गरेको उनले बताए । सडक विस्तारमा सुधार भई रहे पनि त्यो पर्याप्त छैन । उनले भने–‘हामीले ट्राफिक प्रहरीसँग पनि विभिन्न क्षेत्रमा सहकार्य गर्दै आएका छौँ ।’

त्यसैगरी सो कार्यक्रमका प्रमुख अतिथि तथा नाडाका पूर्व अध्यक्ष सौरभ ज्योतिले नाडा र वाडा एकजुट भएर अघि बढनु पर्ने धारणा राखे । सरकारले राजधानीमा प्रदुषण बढेको कारण देखाउँदै सवारी साधनहरुको आयातमा नै नियन्त्रण गर्न खोजेको महसुस भईरहेको उनले बताए । उनले वाडाले आफ्नो प्रदेश सरकारसंग समन्वय गरेर अघि बढ्नुपर्छ भन्ने धारणा राख्दै बढ्दो प्रदुषणले पर्यटकहरु कसरी पोखरामा आउँछन् त भन्ने प्रश्न राख्दै आफुहरुले प्रदुषण नियन्त्रणमा पर्याप्त ध्यान दिनुपर्ने धारणा राखे । अटोमोवाइल  वस्तुहरुको तथ्याङ्क राख्नु अत्यन्तै जरुरी छ, उनले भने– ‘यसो भएमा हामीले तथ्यगत रुपमा आफ्ना मागहरु सरकार समक्ष राख्न सक्नेछौँ ।’

सो कार्यक्रममा महासचिव सुनिल रिजालले अटोमोवाइल स्पेयर पार्टसहरु आयात गर्दा भन्सार नाकाहरुमा हुने समस्याहरु बारे जानकारी दिंदै त्यसको समाधानका लागी समेत आफ्नो सुझावहरु व्यक्त गरे ।

नाडाले शुक्रबार पोखरामा नै नाडाको केन्द्रीय कार्य समितिको ७ औं बैठक समेत सम्पन्न गरेको थियो । उक्त बैठकले २०७७ फागुन २१ गते नाडाको ४४ औं वार्षिक साधारण सभा होटेल याक एण्ड यतिमा सम्पन्न गर्ने निर्णय समेत गरेको महासचिव रिजालले बताए । सो बैठकले महासचिव रिजालको संयोजकत्वमा सचिव अनुप बराल, कोषाध्यक्ष सुरेन्द्रकुमार उप्रेती, सहकोषाध्यक्ष विक्रम सिंहानियासदस्य रहने गरी चार सदस्यीय वार्षिक साधारणसभा तयारी समिति समेत गठन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.