लोमस फर्मास्युटिकल्सले पशुपति क्षेत्र विकास कोषलाई दियाे स्वास्थ्य-सुरक्षा सामग्री

  २०७७ पुष १७ गते १६:५९     विकासन्युज

काठमाडौं । लोमस फर्मास्युटिकल्स प्रा.ली.ले आज पशुपति क्षेत्र विकास कोषलाई स्वास्थ्य-सूरक्षा सामाग्री प्रदान गरेको छ । प्रा.ली.का ह्याण्ड एक्स स्यानिटाईजर विभागका निर्देशक प्रणवजंग पाण्डेले कोषका सदस्यसचिव डा. प्रदीप ढकाल र कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडालाई उक्त सामाग्री प्रदान गरेका हुन् ।

कोभिड-१९ को जोखिम कायमै रहेकोले र पाशुपत क्षेत्रमा भीडभाड हुने भएकोले आफूहरुले स्यानिटाईजर प्रदान गरेको पाण्डेले जानकारी दिए ।

यसअघि पनि लोमस फर्मास्युटिकल्सले विभिन्न संघ/संस्थाहरुलाई सामाजिक उत्तरदायित्वअन्तर्गत स्वास्थ्य-सूरक्षा सामाग्री प्रदान गरिसकेको पाण्डेको भनाई छ । साथै, आगामी दिनमा आफूहरुले कोषसँग सहकार्य गर्दै आवश्यकत्ताअनुसार सामाग्रीहरु उपलब्ध गराउने उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.