प्रभु लाइफ इन्स्योरेन्सको आईपीओ सूचीकृत, आइतबारदेखि कारोबार हुने, ओपनिङ् रेञ्ज कति ?

  २०७७ पुष १७ गते १३:००     विकासन्युज

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सको २ करोड कित्ता साधारण सेयर (आइपीओ) नेप्सेमा सूचीकृत भएको छ । हालै सर्वसाधारणमा निष्काशन गरी बाँडफाँड पश्चात कम्पनीको सो मात्राको सेयर पुस १६ गते बिहीबार नेप्सेमा सूचीकृत भएको हो ।

यससँगै कम्पनीको उक्त सेयर आइतबार (पुस १९ गते) देखि दोश्रो बजारमा किनबेच हुने छ । जसको लागि कम्पनीको सिम्बोल पीएलआई दिइएको छ ।

यससँगै पहिलो कारोबारको लागि नेप्सेले प्रतिकित्ता न्युनतम १०९.५६ रुपैयाँ र अधिकतम ३२८.६८ रुपैयाँ तोकेको छ ।

साथै, कम्पनीले सेयर सम्बन्धी कारोबारको अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायत सेयरधनीहरुको लगत अद्यावधिक गरी राख्ने सम्पूर्ण कार्यको लागि कमलादीकाे प्रभु क्यापिटललाई सेयर रजिष्ट्रार नियुक्त गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.