ग्लोबल आईएमई लघुवित्तको कामु सीईओमा हरिकृष्ण जोशी नियुक्त

  २०७७ पुष १७ गते ११:३३     विकासन्युज

काठमाडौं । ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाको निमित्त प्रमुख कार्यकारी अधिकृतमा हरिकृष्ण जोशी नियुक्त भएका छन् । पुस १६ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले कम्पनीको कामु सीईओमा जोशीलाई नियुक्त गरेको हो ।

नवनियुक्त कामु सीईओ जोशी कम्पनीको नायव प्रमुख कार्यकारी अधिकृत समेत हुन् । संस्थाको प्रमुख कार्यकारी अधिकृत किरण कुवँरको करार पदावधि सकिएसँगै बैठकले जोशीलाई कामु सीईओको जिम्मेवारी दिएको हो । सीईओ कुँवरको पदावधि यहि पुस १६ गते सकिएको हो ।

यससँगै नवनियुक्त कामु सीईओ जोशीले कम्पनीको बैठकले अर्को व्यवस्था नभएसम्म संस्थाको उक्त पदको कार्यभार सम्हाल्ने छन् । यसका साथै, बैठकले पुस १६ गतेदेखि नै लागु हुने गरी जोशीलाई कम्पनी सचिवमा पनि नियुक्त गरेको छ ।

3 comments on "ग्लोबल आईएमई लघुवित्तको कामु सीईओमा हरिकृष्ण जोशी नियुक्त"

  • ताेयानाथ आचार्य says:

    बधाई तथा सफल कार्यकालकाे शुभकमना

  • दिपक रेग्मी says:

    बधाई तथा सफल कार्यकालको शुभकामना सरलाइ

  • Rajesh kumar baniya says:

    yes ko lagani kasri ra kun tarika le hun xa sir branch kaha xa

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.